बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कति घट्यो आन्तरिक उडानको भाडा ?

बुधबार, ०५ फागुन २०७२, २० : ३३
बुधबार, ०५ फागुन २०७२

काठमाडौँ - हवाई इन्धनको मूल्य घटेसँगै बिहीबारदेखि लागू हुने गरी आन्तरिक उडानतर्फको विमान भाडादर घटेको छ । वायुसेवा सञ्चालक सङ्घले देशका विभिन्न गन्तव्यमा पुग्दा लाग्ने भाडमा रु ६०० देखि दुई हजार १०० सम्म भाडा घटाएको हो । सङ्घका प्रवक्ता घनश्यामराज आचार्यले नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएकाले नागरिक उड्डयन प्राधिकरणको स्वीकृतिमा भोलिदेखि लागू हुने गरी सङ्घले भाडा घटाउने निर्णय गरेको जानकारी दिनुभयो । यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईले बिहीबारदेखि आन्तरिक उडानको भाडा घट्ने बताउनुभयो । निगमले बुधबारदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर रु १६४ बाट घटाई रु १०९ कायम गरेको थियो । सङ्घका अनुसार काठमाडौँबाट हुने सिधा उडानमा विराटनगरमा रु एक हजार २७०, धनगढीमा रु दुई हजार १३५, भैरहवामा रु एक हजार १३५, सिमरामा रु ६२०, नेपालगञ्जमा रु एक हजार ६१५, जनकपुरमा रु ८२५ र पोखरामा रु ९३० घटाइएको छ । सङ्घ आबद्ध नेपाल वायु सेवा निगमबाहेक बुद्ध, यति, तारा, सिम्रिक, गोमा, सौर्य र सीता एयरले आन्तरिक उडान गर्दै आएका छन् भने मकालु र एयर काष्ठमण्डपले कार्गो उडान गर्ने गरेका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप