बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उपेन्द्रमाथि आरोप लगाउँदै समाजवादी फोरमबाट २४ केन्द्रीय नेता बाहिरिए

बुधबार, ०५ फागुन २०७२, २० : २३
बुधबार, ०५ फागुन २०७२

काठमाडौँ - सङ्घीय समाजवादी फोरम नेपालको केन्द्रीय नेतृत्वबाट २४ नेता बाहिरिएका छन् ।

असन्तुष्ट समूहले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य रिजवान अन्सारीले पार्टी आफ्नो विचारबाट विचलित भएकाले परित्याग गर्नुपरेको बताए । “अध्यक्ष उपेन्द्र यादवले फरक विचार राख्नेलाई सहन नसकेका र पार्टीले एकताका नाममा समानुपातिक समावेशीकरणको सिद्धान्तलाई छोडेकाले ‘सङ्घीय नवविचार समूह’ गठन गरेका छौँ”– नेता अन्सारीले आरोप लगाए ।

पार्टी परित्याग गरी समूहमा प्रवेश गर्नेमा केन्द्रीय सदस्य एवम् ताम्सालिङ समिति इञ्चार्ज वीरबहादुर लामा, शेर्पा प्रदेशका अध्यक्ष नोर्साङ शेर्पा, केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज राजकुमार यादव, केन्द्रीय सदस्य रामेश्वरप्रसाद यादव, नवीन्द्रकुमार लामा, उपेन्द्र साह, शम्भु चौधरी, मेम्बर लोलगायत २४ जना केन्द्रीय नेता छन् ।

साथै, सिन्धुपाल्चोक जिल्ला समितिका कावा अध्यक्ष टेकबहादुर जोशीलगायत १८ जना नेताले पनि एक वक्तव्य निकाली पार्टी परित्यागसँगै समूहमा प्रवेश गरेको घोषणा गरे । समूहले फागुन २९ गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला गरी पार्टीलाई पूर्णताः दिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप