जसलाई छुन सकेन सागको स्वर्णको खुसियालीले
काठमाडौं – बुधबार साँझ एयरपोर्ट नजिकै रहेको गौशाला चोकमा मानिसहरु सडकको किनारमा नेपाली राष्ट्रिय झण्डा बोकेर उभिएका थिए । उनीहरु भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक विजेता नेपाली फुटबल टोलीको स्वागत गर्न प्रतिक्षारत थिए । ‘नेपाल, नेपाल’ भन्दै नारा लगाउँदै थिए । चिरप्रतिद्वन्द्वी भारतमाथिको जीतको उन्मादमा रमाउँदै थिए ।
नेपालीे फुटवल टोलीले साग गेममा उपाधि चुमेर स्वदेश फर्कदाको त्यो क्षणमा हजारौं नेपाली सडकमा उत्रेर खेलाडीहरुको खुशीमा साथ दिइरहँदा त्यही चोकमा फरक दृश्य पनि देखियो ।
पशुपतिनाथको मन्दिर हुँदै एक बृद्ध जोडी गौशाला चोक आइपुगे । मानिसहरुको ठूलो भीड देखेर उनीहरु पैसा माग्दै सडक किनारमा बसेकाहरुका अगाडी हात पसारे, जहाँ युवा युवतीहरु हातमा राष्ट्रिय भण्डा बोकेर नारा लगाउँदै थिए । तर कसैले पैसा दिएनन् । बृद्ध जोडी भिडबाट निरास हुँदै आफ्नो बाटो लागे ।
पूरै देश स्वर्ण पदकको खुसीमा झुमिरहँदा उनीहरुलाई भने त्यसले कुनै खुसी दिन सकेन । यी जोडी त प्रतिनिधि पात्र मात्र भए । यस्ता धेरै जनता छन्, जो अहिले देशको उपलब्धिमा खुसी बाँड्न सकिरहेका छैनन् । हामीले खेल जित्यौं तर यो गरिवी र अभावलाई कहिले जित्ने होला ? अनि कहिले आउँला त्यो दिन जब सबै जनता देशले जित्दा खुशी हुनेछन् ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण