पुनःनिर्माणलाई मन्त्रालयगत भन्दा फरक ढङ्गले अघि बढाइनुपर्ने
काठमाडौँ– विपद् व्यवस्थापनमा लामो अनुभव सगालेका पाकिस्तानका लेफ्टिनेन्ट जनरल नदीम अहमदले राष्ट्रिय पुनःनिर्माणको कामलाई छुट्टै प्रणालीअनुरुप अघि बढाइनुपर्ने बताएका छन् । पाकिस्तानको भूकम्प पुनःनिर्माण र पुनःस्थापना प्राधिकरणका तत्कालीन उपाध्यक्षसमेत रहेका अहमदले भूकम्पपछिको पुनःनिर्माण मन्त्रालयको निरन्तर कामका रुपमा लिन नहुने उल्लेख गरे ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आज सिंहदरबारमा आयोजना गरेको गोष्ठीमा उनले भने–“पुनःनिर्माणको काम सामान्य हैन तर सम्भव पनि छ, त्यसैले यसलाई निश्चित मन्त्रालयगत कामका रुपमा नभई भिन्न प्रकारले अघि बढाउनुपर्छ ।”
पुनःनिर्माणको कामलाई अघि बढाउँदा पहिला विशेष क्षेत्र निर्धारण गरी निश्चित समयसीमा तोकेर परियोजना अघि बढाउन सुझाउँदै सामान्य परियोजनाका लागि जिल्ला उनले सामान्य परियोजनालाई स्वायत्तता दिइनुपर्नेमा जोड दिए।
पाकिस्तानको सेनामा ४० वर्ष लामो सेवा गरेका जनरल अहमदले विभिन्न अन्तर्राष्ट्रिय संस्थामा विपद् व्यवस्थापनसम्बन्धी काम गरिसकेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प, बाढीलगायत विभिन्न विपद् व्यवस्थापनमा पाकिस्तानले गरेका अनुभव आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
नेपालले पुनःनिर्माण राष्ट्रिय महाअभियान सुरु गरेको सन्दर्भमा पाकिस्तानमा भूकम्पपछिको पुनःनिर्माणमा लामो अनुभव बटुलेका जनरल अहमदको अनुभवले नेपालको पुनःनिर्माणमा सान्दर्भिक हुने उनले उल्लेख गरे । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनःनिर्माण ऐन जारी भई, विभिन्न क्षेत्रमा काम सुरु भइसकेको र त्यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउन प्राधिकरण लागेको पनि जानकारी दिए ।
कार्यक्रममा पुनःनिर्माणसम्बन्धी सरोकारवाला मन्त्रालयका सहसचिव एवम् विभागीय प्रमुखको सहभागिता थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण