बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कृषिलाई उत्पादनसँग जोेडेर लैजान नसक्नु कमजोरी – मन्त्री यादव

बुधबार, ०५ फागुन २०७२, २१ : ०५
बुधबार, ०५ फागुन २०७२

धनुषा– सिँचाइ मन्त्री उमेश यादवले कृषि विकासका योजनाको अभावमा देशमा बेरोजगारीको समस्या बढेको बताएका छन् ।

मन्त्री यादवले धनुषा जिल्लाका विकट गाउँ चक्करमा आयोजित पूर्ण सिञ्चित गाविस घोषणा कार्यक्रममा जनता र विकासबीचको दूरी बढेको कारण देशमा विकासले गति लिन नसकेको बताए ।

नेपाल कृषिप्रधान मुलुक भए पनि रु दुई अर्बको हाराहारीमा अन्य देशबाट खाद्यान्न सामग्री आयात गर्नु र कृषिलाई उत्पादनसँग जोेडेर लैजान नसक्नु सबैभन्दा ठूलो कमजोरी भएको उनको भनाइ थियो ।

किसानलाई सहुलियत दिन बिजुली, डिजेललगायत वस्तुमा अनुदान दिने व्यवस्था गर्न लागिएको जानकारी दिँदै मन्त्री यादवले ‘समृद्ध तराई मधेस विशेष सिँचाइ कार्यक्रम’, अबको आवमा ‘एक निर्वाचन क्षेत्र ः तीन सिञ्चित गाविस’ र ‘तराई बाढी व्यवस्थापन तथा घरपरिवार संरक्षण’ कार्यक्रम ल्याइएको बताए ।

सांसद रामकृष्ण यादवले चक्कर गाविस देशमै पहिलो पटक पूर्ण सिञ्चित क्षेत्र घोषित भएकाले कृषिको क्षेत्रमा तराईकै नमुना गाउँको रुपमा विकास गरेर देखाउने चुनौती थपिएको बताए ।

एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य रामचन्द्र मण्डलले कृषिलाई उद्योगसँग जोडेर लैजान सकिए देशमा बेरोजगारी समस्या न्यून हुनुका साथै किसानलाई आत्मनिर्भर बन्न सहयोेग पुग्ने विश्वास व्यक्त गरे । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप