माया ठकुरीद्वारा लिखित ‘अफ द लेसर गड’ सार्वजनिक
बुधबार, ०५ फागुन २०७२, २१ : ०७
काठमाडौँ– साहित्यकार माया ठकुरीद्वारा अङ्ग्रेजी भाषामा लिखित ‘अफ द लेसर गड’ नामक कथा सङ्ग्रह सार्वजनिक भएको छ । सीमान्तकृत महिला बालकालिकालाई गरिने विभेद र असमानतामा आधारित सो कथा सङ्ग्रहलाई आज यहाँ आयोजित एक कार्यक्रममा लेखिका ग्रेटा राणाले विमोचन गर्नुभयो । बीसवटा कथा समावेश गरिएको सो सङ्ग्रहलाई अक्षर क्रियसनले प्रकाशनमा ल्याएको हो । सङ्ग्रहलाई ग्रेटा राणाले सम्पादन गर्नुभएको हो । त्यसैगरी दामोदर शर्माले अनुवाद गर्नुभएको हो । सोही अवसरमा प्रा डा अमिना सिंह र अनलाइन पुस्तक छलफल समूहकी प्रतिनिधि सगुन शाहले ‘अफ द लेसर गड’ माथि टिप्पणी गर्दै पुस्तक सङ्ग्रह गर्न योग्य र जीवन्त हुने बताउनुभयो । लेखिका ठकुरीका यसअघि नौवटा कृति प्रकाशित भएका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण