बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खोलियो धरहरा पुनःनिर्माणको खाता

बुधबार, ०५ फागुन २०७२, २१ : १०
बुधबार, ०५ फागुन २०७२

काठमाडौँ– ‘मै बनाउँछु मेरो धरहरा’ अभियानअन्तर्गत धरहरा पुनःनिर्माण कोषको आज राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलिएको छ ।

थापाथलीस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले १४३०००१९८००१ नम्बरको खाता खोलेको हो ।

खातामा प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनामा पाउने पारिश्रमिक रु ६१ हजार ८२० जम्मा भएको प्राधिकरणका कामु सचिव मधुसुदन अधिकारीले जानकारी दिए । प्रधानमन्त्रीले सबैभन्दा पहिल रकम जम्मा गरेका छन् । मङ्गलबार सुन्धारास्थित धरहरा परिसरमा आयोजित ऐतिहासिक धरोहर पुनःनिर्माण राष्ट्रिय सङ्कल्पको औपचारिक रुपमा प्रधानमन्त्री ओलीले सुरुवात गरेका थिए । सोही कार्यक्रममै धरहरा निर्माण जनताको खर्चबाट बनाउने उद्घोष गर्दै धरहराको पुनःनिर्माणका लागि आफूले एक महिनाको पारिश्रमिक दिने घोषणा गरेका थिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप