बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बुत्रोस–बुत्रोसको निधन, प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

बुधबार, ०५ फागुन २०७२, २२ : ४४
बुधबार, ०५ फागुन २०७२

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव बुत्रोस–बुत्रोस घालीको असामयिक निधन भएकामा गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज अरब रिपब्लिक इजिप्टका प्रधानमन्त्री सरिफ स्माइललाई एक शोक सन्देश पठाउनु भई नेपाल सरकार, नेपाली जनता एवम् आफ्नो व्यक्तिगततर्फबाट इजिप्ट सरकार र त्यहाँका जनतामा समवेदना व्यक्त गरेका छन् ।

सन्देशमा भनिएको छ– “स्व घालीले अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा, विकास र प्रजातन्त्रजस्ता संयुक्त राष्ट्रसङ्घले उठाउँदै आएका मुद्दामा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । उनले प्रस्तुत गरेको ‘शन्तिका लागि एजेन्डा’ले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा उल्लेखनीय योगदान पुगेको छ । अन्तर्राष्ट्रिय समुदायका लागि शान्ति, विकास र प्रजातन्त्रमा दिएको योगदानले उनलाई स्मरणीय बनाइराख्नेछ ।”

उनको निधनले इजिप्ट र समग्र विश्व समुदायले नै एक महान् नेता गुमाएको सन्देशमा उल्लेख छ ।

यसैगरी प्रधानमन्त्री ओलीले आजै संयुक्त राष्ट्र सङ्घका महासचिव वान्की मुनलाई पनि एक शोक सन्देश पठाउँदै राष्ट्रसङ्घका पूर्वमहासचिव घालीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप