स्वर्ण विजेता टोलीका सदस्यलाई सरकारले जनही पाँच लाख दिने
बुधबार, ०५ फागुन २०७२, २२ : ५१
काठमाडौँ–१२ औं दक्षिण एसियाली खेलकुद –साग)को पुरुष फुटबलमा स्वर्ण पदक विजेता टोलीका खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई सरकारले जनही रु पाँच लाख पुरस्कार दिने घोषणा गरेको छ ।
अखिल नेपाल फुटबल सङ्घ एन्फाद्वारा दशरथ रङ्गशालामा आज आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले नगद पुरस्कारको घोषणा गरेका हुन् । विजेता टोलीमा २० खेलाडी र तीन पदाधिकारी छन् ।
कार्यक्रममा स्वर्ण विजेता टोलीलाई सम्मान गर्दै मन्त्रीमण्डलले खेल खेलाडीका समस्यालाई प्राथमिकतामा राखेर आफूअघि बढेको बताउँदै भने– “नाकाबन्दीलगायत विविध समस्याका कारण सरकारले चाहेर पनि खेलाडीलाई सुविधा दिन सकेको छैन, यसका बाबजुद खेलाडीले खुसी दिलाउने काम गरेका छन्”– उनले भने– “अब खेल क्षेत्रका समस्या हल गर्न मन्त्रिपरिषद्मा प्रस्ताव अघि बढाउँछु ।”
एन्फाका महासचिव धीरेन्द्र प्रधानले चाँडै एन्फाको कार्यसमितिको बैठक बसेर विजेता टोलीलाई उचित पुरस्कारको घोषणा गर्ने बताए ।
विजेता टोलीका मुख्य प्रशिक्षक राजुकाजी शाक्य र कप्तान विराज महर्जनले सबै नेपाली समर्थकको मायाले सफलता मिलेको बताउँदै आगामी दिनमा अझ राम्रो गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसैबीच फुटबल टोली आजै काँकडभिट्टा, भद्रपुर विमानस्थल हुँदै स्वदेश फर्किएको थियो । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
टोलीलाई विमानस्थल, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, न्युरोड गेट, वीरअस्पताल, भोटाहिटी, जमल, केशरमहल, नारायणहिटी सङ्ग्रहालय गेट, पुरानो बसपार्क, भद्रकाली, सहिद गेट, सुन्धारा हुँदै त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला पु¥याएर सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण