विदेश नीतिका पाँच नयाँ आधारमा प्रधानमन्त्रीको भारत भ्रमण केन्द्रित
बुधबार, ०५ फागुन २०७२, २३ : ००
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न भारत भ्रमणका क्रममा राष्ट्रियतालाई सर्वोपरी हितमा राखी विदेश नीतिका पाँच नयाँ आधारलाई जोड दिने भएका छन् ।
यही फागुन ७ गतेदेखि पाँचदिने राजकीय भ्रमणमा भारत जान लागेका प्रधानमन्त्री ओलीले कुनै मुलुकको परनिर्भरतामा नभई नेपालको राष्ट्रिय आवश्यकतालाई केन्द्रमा राख्न ती पाँच आधार अघि सारेका हुन् ।
प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला विज्ञ गोपाल खनालका अनुसार राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान र स्वाधीनता, मुलुकको हित र द्विपक्षीय लाभका आधारमा आपसी प्रधानमन्त्री ओलीले भारतीय पक्षसँग संवाद गर्नेछन् । प्रधानमन्त्री ओली आगामी दिनमा अर्को छिमेकी मुलुक चीनमा जाँदा पनि सोही पाँच आधारलाई केन्द्रमा राखिने भएको छ ।
खनालले प्रधानमन्त्री ओलीले अघि सारेका ती पाँच आधार मुलुकको स्वाधीनताका दृष्टिले नयाँ र बलिया भएको बताउँदै त्यसकै आधारमा दुई देशबीचको सम्बन्धलाई सुधार गरी नयाँ आयाम थप्ने काम हुने जनाए ।
संविधान जारी भएपछि तराई–मधेसमा आन्दोलन भएको र भारतको समेत असन्तुष्टिका कारण सीमामा नाकाबन्दी भएको तीतो यथार्थकाबीच प्रधानमन्त्री ओलीले नेपाल भूपरिवेष्टित मुलुक भएका नाताले त्यसका आधारमा आफ्नो पारवहन अधिकारको वकालत गर्दै आएका थिए ।
सो विषयमा भारतसँगको निरन्तर कूटनीतिक पहल र मधेसी मोर्चासँगको वार्ता तथा जनस्तरको दबाबका कारण अघोषित नाकाबन्दी हटेपछि प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत जान लागेका हुन् ।
दुई प्रधानमन्त्रीसँगको संवाद नै मुख्य कार्यसूची
प्रधानमन्त्री ओलीको भारत भ्रमणको कार्यसूचीबारे अहिलेसम्म सरकारबाट औपचारिक जानकारी दिइएको छैन । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले मङ्गलबारको मन्त्रिपरिषद्को बैठकमा पनि त्यसबारे विस्तृत छलफल नभएको बताए । मन्त्रिपरिषद्का एक सदस्यका अनुसार प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीबीच हुने ‘वान टु वान’ वार्तामा हुने छलफल नै भ्रमणको मुख्य कार्यसूची हुनेछ । भ्रमणका अवसरमा ठोस सन्धि सम्झौता हुने तयारी देखिएको छैन ।
भ्रमणबारे एमाले स्थायी समितिलाई जानकारी
प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणबारे आज नेकपा एमालेको स्थायी कमिटीलाई जानकारी गराएका छन् । प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष ओलीले नयाँ सरकार गठनपछि भारतसँगको सम्बन्ध सुधार भएको, आपसी असमझदारी हटेको र भ्रमणका क्रममा थप सम्बन्ध सुधारको पहल हुने जानकारी गराएका छन् । ।
बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘‘नेपाल भारत परिवेष्टित होइन । भूपरिवेष्टित मुलुक हो । नेपालको असंलग्न परराष्ट्र नीतिअनुसार हामी सबै छिमेकी र अन्य मुलुकसँगको सम्बन्ध विस्तारमा लाग्नेछौं ।’’
एमाले केन्द्रीय सचिवालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाधीनतालाई ध्यानमा राखेर दुईपक्षीय हितका विषयमा भारतसँग छलफल हुने बैठकलाई जानकारी गराएका थिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण