बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ला लिगामा मेस्सीको ३ सयौं गोल

बिहीबार, ०६ फागुन २०७२, ०९ : २१
बिहीबार, ०६ फागुन २०७२
बार्सिलोना — लियोनेल मेस्सी स्पेनिस ला लिगामा ३ सयौं गोल गर्ने पहिलो खेलाडी बनेका छन् । स्पोर्टिङ गिहोनविरुद्धको खेलमा गोल गर्दै उनले नयाँ किर्तिमान बनाएका हुन् । मेस्सीको दुई गोलको मद्दतले स्पोर्टिङलाई पराजित गर्दै बार्सिलोनाले ला लिगामा ६ अंकको अग्रता बनाएको छ । बार्सिलोना पछिल्ला ३१ खेलमा अपराजित रहेको छ । पहिलो हाफको २५ औं मिनेटमा गोल गर्दै मेस्सीले बार्सिलोनालाई अग्रता दिलाए । तर, त्यसको दुई मिनेटपछि नै कार्लोस कास्ट्रोले स्पोर्टिङलाई खेलमा फर्काए । पहिलो हाफमा नै मेस्सीले अर्को गोल थप्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए । खेलको दोस्रो हाफमा लुइस सुवारेजले अर्को गोल थप्दै बार्सालाई ३–१ को सहज जित दिलाए । यसअघि सुवारेजले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न असफल बनेका थिए । बार्सिलोनाले पाएको पछिल्ला १५ पेनाल्टीमध्ये ७ लाई गोलमा परिणत गर्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप