बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भक्तपुर जिल्लास्तरीय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता सुरु

बिहीबार, ०६ फागुन २०७२, १५ : ४७
बिहीबार, ०६ फागुन २०७२
भक्तपुर– जिल्ला खेलकुद विकास समिति भक्तपुरले आयोजना गरेको आठौ जिल्लास्तरीय अन्तर विद्यालय राष्ट्रपति कप रनिङ शिल्ड खेलकूद प्रतियोगिता सुरु भएको छ । बिहीबार प्रतियोगितामा उद्घाटन खेलमा तेक्वाण्डो खेल संचालन गरिएको र शुक्रबारदेखि बिभिन्न ठाउँमा अन्य खेलहरु खेलाईने भएको छ । प्रतियोगिताको भूमि सुधार तथा व्यबस्था सहायक मन्त्री दिनेश श्रेष्ठले उद्घाटन गदै १२ औ साग खेलमा फूटवलमा नेपालले प्राप्त गरेको सफलताले खेल क्षेत्रको विकासमा सहयोग पुग्ने बताए । मन्त्री श्रेष्ठले सरकारलाई खेलक्षेत्रको विकाशको लागि लगानी बढाउनु पर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेन्द्र श्रेष्ठ भक्तपुरका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिलिप केसी लगायतले भक्तपुरबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्न सबैको सहयोग रहनु पर्नेमा जोड दिएका छन् । प्रतियोगितामा एथलेटिक्स, भलिवल, कबड्डी, तेक्वाण्डो, कराँते र उसु खेलको १४ वटा विधामा खेलाईने छ । प्रतियोगितामा जिल्लाभरीका ५० वटा विद्यालयले सहभागिता रहेको खेल १४ गतेसम्म संचालन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप