बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको सातौं बार्षिक साधारणसभा सम्पन्न

बिहीबार, ०६ फागुन २०७२, १५ : ५०
बिहीबार, ०६ फागुन २०७२

काठमाडौं–गुराँस लाइफ इन्स्योरेन्स कं. लि. ले सातौं साधारण सभा यहि फाल्गुण ५ गते सम्पन्न गरेको छ । साधारण सभाले १० प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव सर्वसम्मतीले पारि गरेको छ । १० प्रतिशत बोनस शेयर पश्चात कम्पनीको चुक्ता पुँजी ५५ करोड पुग्ने कम्पनीले जनाएको छ । साधारण सभाले लेखा परिक्षक नियुक्ती गर्ने प्रस्ताव समेत पारित गरेको छ । कम्पनीले नयाँ किसिमको बैंक, बित्तिय संस्थाको ऋणी, सहकारीका साथै व्यापारिक वर्गलाई लक्षीत गरी नयाँ बीमा योजना ल्याएको र यस योजनामा वर्ष दिनमै बिमाङ्क रकमको ४ प्रतिशत बीमीतलाई फिर्ता दिने प्राबधान रहेको छ । यो नौलो किसिमको जीवन बीमा योजना अत्यन्त लोकप्रिय भैरहेको कुरा कम्पनीले साधारण सभालाई जानकारी गराएको छ । उक्त सभाको सभापतीत्व कम्पनीका अध्यक्ष मोतीलाल दुगड़ले गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप