आज राजनीतिक संयन्त्र गठन हुन्छः ओली
बिहीबार, ०६ फागुन २०७२, १६ : २५
काठमाडौं, फागुन ६– भोलि भारतको साताब्यापी भ्रमणमा निस्कन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज राजनीतिक संयन्त्रको गठन गर्ने भएका छन् । मधेसी मोर्चाले उठाउँदै आएको सीमांकन लगायतका मागलाई सम्बोधन गर्न आज साँझ संयन्त्र गठन गर्न लागिएको सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानम्न्त्रीले बताए ।
उनले संयन्त्रको गठन मोर्चाकै सहमतिमा गरिने पनि दाबी गरे । यद्यपी संयन्त्र गठनका विषयमा असहलेसम्म पनि मोर्चासँग सहमति हुन सकेको छैन । ओलीले मंगलबार संसदमा संवोधन गर्दै भारत जानुअघि नै संयन्त्र गठन गर्ने ओलीले बताएका थिए । त्यसैअनुसार संयन्त्र गठनमा लागिपरेपनि मोर्चाले असहमति जनाउँदा संयन्त्र गठनमा ढिलाइ हुँदै आएको हो ।
पत्रकार सम्मेलनमा ओलीले आज बिहानै संयन्त्र गठन गर्ने तयारी भएको भएपनि मधेसी मोर्चासँग सहमति गरेरै गठन गर्नका लागि अहिले बेलुकासम्म पर्खिइएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण