आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
सल्यान –सल्यानमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिबार सल्यानमा सुरु भएको छ । श्री त्रिवुभन जन उच्चमाध्यमिक विद्यालय खलंगा टुडिखेलमा भएको सुरु भएको खेलको अर्थसमितिका सभापति तथा व्यवस्थापिका सांसद प्रकाश ज्वालाले गरे । जिल्ला खेलकुद विकास समिति सल्यानको आयोजनामा तीनदिनसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै निर्वाचन क्षेत्रका ४७ विद्यालयका १ हजार १ सय ७८ विद्यार्थीहरुले सहभागिता जनाएका छन् । भलिबल प्रतियोगितामा महिला तर्फ १२, पुरुष तर्फ १२, कबड्डी तर्फ १२ महिला, १२ पुरुष, एथलेटिक्स तर्फ महिला तथा पुरुष गरी ६सय ६४ र मार्सल आर्टतर्फ ८२ प्रतियोगि बिच प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समिति सल्यानका कोषाध्यक्ष युवराज वलीले जानकारी दिनु भयो । यस अघि सञ्चालन गरिएको २ निर्वाचन क्षेत्रका ४ स्थानमा निर्वाचन स्तरिय अन्तर विद्यालय खेलकुद प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुले मात्र जिल्ला स्तरिय रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाएको वलीले बताए । उद्घाटन समारोहमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा स्वर्ण, रजत र कास्य पदक जित्न सफल खेलाडीहरुलाई सम्मान समेत गरिएको छ । खेलकुद प्रतियोगिताबाट क्षेत्रिय स्तरमा सञ्चालन हुने प्रतियोगिताका लागि खेलाडीहरुको चयन हुने आयोजकले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण