बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मालपोतका हाकिमलाई जरीवना गर्ने आदेश

बिहीबार, ०६ फागुन २०७२, १८ : १६
बिहीबार, ०६ फागुन २०७२

भक्तपुर – जिल्ला अदालत भक्तपुरले विभिन्न मितिमा मालपोत कार्यलयसँग मागेको जग्गाको संकलन फाइल समयमा नै उपलब्ध नगराएको भन्दै मालपोतका हाकिमलाई जरिवना गर्ने आदेश दिएको छ । अदालतले माग गरेको फाईल पठाउन नसकिएको भन्ने व्यवहोरासहितको पत्र प्राप्त भएपछि अदालतको फैसलामा अवरोध भएको भन्दै न्यायधीश श्रीकृष्ण भट्टराईको इजलासले उक्त आदेश दिएको हो । उक्त कार्यको लागि मालपोत कार्यलयका प्रमुखको जिम्मेवार रहेको ठहर्र गर्दै उनको तलबबाट कट्टा हुने गरी पहिलो पटक रु ५० जरिवना गर्ने कुरा फैसलामा उल्लेख गरीएको छ । मालपोत कार्यलय जस्तो जिम्मेवार निकायबाट अदालतको आदेशको पालना गरी अदालती प्रकृयालाई सहयोग गर्नु पर्नेमा उल्टै अत्यन्तै गैर जिम्मेवार जवाफ पठाएको भन्दै उक्त आदेश दिइएको व्यवहोरा फैसलामा भनिएको छ । अदालतबाट विभिन्न समय मितिमा माग भएका संकल मिसिल लगायतका कागजात प्राप्त नभई मुद्धाको कारवाहीमा र किनारा गर्न बाधा परेकाले न्याय प्रशासन ऐन २०४८ को दफा २९ समेततर्फ ध्यानाकर्षण गराउदै मुलुकी ऐन अदालती बन्दोबस्तको महल २१९ कं.न. बमोजिम जरिवना गरिएको उल्लेख गरीएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप