सैफअली खानकी छोरी र शाहिद कपूरका भाइको यस्तो रोमान्स
बिहीबार, ०६ फागुन २०७२, १९ : ३४
सैफअली खानकी छोरी सारा अली खानले आफ्नो डेब्यु चलचित्रमा शाहिद कपूरका भाई ईशान खट्टरसँग स्क्रिन शेयर गर्दै छिन् । प्रेमकथामा आधारित यस चलचित्रमा ईशान र साराको रोमान्स देखाइएको छ । चलचित्रको कथावस्तु पुरा भइसकेको छ र छिट्टै नै चलचित्रको सुटिङ सूरु हुनेछ । सारा अलीखान सैफकी पूर्व श्रीमती अमृता सिंह पट्टकी छोरी हुन् । उनी २२ वर्षकी भइन् । सैफले सन् १९९१ मा अमृतासँग बिहे गरेका थिए । यस जोडीका दुई छोराछोरी छन् । २००४ मा सैफले अमृतासँग सम्बन्ध विच्छेद गरेका थिए । २०१२ मा उनले करिना कपूरसँग बिहे गरे । यता, शाहिद कपूरका सौतेनी भाई हुन्, ईशान खट्टर । शाहिदका बाबु पंकज कपूरसँग सम्बन्ध विच्छेद गरेपछि आमा नीलिमा अजीमले १९९० मा राजेश खट्टरसँग बिहे गरेकी थिइन् । १९ वर्षका ईशान राजेश र नीलिमाका छोरा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण