बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेस रुकुममा ओली विजयी

बिहीबार, ०६ फागुन २०७२, १९ : ५२
बिहीबार, ०६ फागुन २०७२

रुकुम – नेपाली कांग्रेस रुकुमको छैटौं जिल्ला अधिवेशनबाट प्रेमप्रकाश ओली निर्वाचित भएका छन् । बुधबार राती भएको निर्वाचन विहीबार विहान ३ बजे मत परिणाम सार्वजनिक भएको थियो । यस वर्ष कांग्रेस रुकुममा संस्थापन पक्ष हावी भएको छ । जिल्ला कार्य समितिका लागि २ जना सदस्य बाहेक अन्य सबैमा संस्थापन पक्षका उम्मेदवार निर्वाचित भएको बताईएको छ । सभापतिमा देउवा पक्षका निकटतम प्रतिद्धन्द्धी कृष्ण बहादुर रोकायलाई ३६ मतले पराजित गर्दै प्रेम प्रकाश ओली निर्वाचित भएका हुन् ।

निर्वाचित हुनेहरुले आज मुसिकोटमा ¥यालीसहित विजय उत्सव मनाएका छन् । बुधबार सम्पन्न जिल्ला अधिवेशनबाट सभापति लगायत अन्य पदमा निर्वाचित हुनेहरुले आज मुसिकोटमा बाजागाजा, अविर आवरण, शुभकामना आदान प्रदानसहित हर्ष बढाई गरेका हुन् । विजयी समुहले मुसिकोट नगर परिक्रमा गरेको थियो । ओलीले २५९ मत प्राप्त गर्दा रोकायले २२३ मत पाएका थिए । त्यस्तै संस्थापन पक्षबाटै बागी उठाईएका सभापतिमा लडेका लक्षिराम घर्तीले भने २ मत प्राप्त गरे । त्यस्तै जिल्ला सचिवमा पनि संस्थापन पक्षका भीम खड्का २६३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनीसँग पराजित हर्कसिङ खत्रीले भिमबहादुर खड्काभन्दा ६७ मत कम अर्थात १९६ मत पाएका थिए । जिल्ला कोषाध्यक्षमा भने मोहवीर खड्का निर्विरोध निर्वाचित भएका हुन् । प्रेमप्रकाश ओलीलाई हराउन सस्थापनपक्षकै गोपालजीजंग शाह, तिलक भण्डारी, मनमोहन शाह, सभाषद मिठु मल्ल लगायतको टोली विज्ञप्ती निकाल्दै देउवा पक्षका कृष्ण रोकायलाई सहयोग गर्ने प्रतिबद्धता जनाएपनि सस्थापन पक्षकै ओलीले बाजी मारेको सस्थापनपक्षका भिमबहादुर खड्काले बताए । अघिल्लो रातसम्मा सस्थापनमै रहेको तर रातारात गोपालजीजंग र तिलक भण्डारी लगायत सभाषद मिठु मल्ल पनि देउवापक्षतिर लागेपछि कृष्ण रोकायले जित्ने आशंका बढेको थियो । तर कृष्णपक्षका केही व्यक्तिहरुले अन्तरघात गरेकै कारण कृष्ण रोकाय पराजित हुन पुगेको कृष्ण रोकाय पक्षका एक कार्यकर्ताले बताए । त्यतिमात्र नभई गोपालजीजंग, मिठु मल्ल र तिलक भण्डारीहरु देउवापक्षमा आएर झन माहोल बिगारेकोले कृष्ण रोकायले पराजय व्यहोर्नुपरेको एक कार्यकर्ताले बताए । अधिकांश काम जनताकै गर्ने भनिएका कृष्ण रोकाय पराजित भएपछि देउवापक्षका कार्यकर्ता निराश भएको बताईएको छ । निर्वाचित भएपछि विजयसभामा बोल्दै सभापति प्रेमप्रकाश ओलीले आफुलाई हराउन धेरैले खेल खेलेपनि कसैप्रति केही गुणासो नभएको बरु सबैलाई समेटेर लैजाने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप