बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रजातन्त्र दिवसमा झापामा मिनी म्याराथन

शुक्रबार, ०७ फागुन २०७२, ११ : ४०
शुक्रबार, ०७ फागुन २०७२

झापा – प्रजातन्त्रको दिवसको दिन शुक्रवार झापामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । रजत जयन्तीको अवसर पारेर झापाको झिलझिलेमा रहेकोपशुपति एकेडेमी अंग्रेजी माध्यमिक विद्यालयले प्रतियोगिताको आयोजना गरेको हो ।

महेन्द्र राजमार्गस्थित झापाको माईधारदेखि झिलझिलेस्थित स्कुलको प्रागंणसम्म तय गरिएको ६ किलोमिटर लामो दौड प्रतियोगितामा तेह्रथुमका कुमार डांगी प्रथम भए । उनले ३१ मिनेटमा आफ्नो विजय सुनिश्चत गरे । उनले आफुम्याराथनमा सहभागी हुनकै लागि एकसाता अघिझापा आइपुगेको बताए । प्रथम भएका उनलाई पुरस्कार स्वरुप नगद आठ हजार एक सय रुपिँया सहित प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।

प्रतियोगितामा शिवसतासी नगरपालिकाका निरज बस्नेत र भुपाल सेरेङ क्रमशः दोश्रो र तेश्रो भएका थिए । ३२ मिनेटकुदेर दाश्रो बनेका बस्नेतलाई नगद ६ हजार एक सय रुपिँया र सेरेङलाई तीनहजार ६ सय रुपिँयासहित प्रमाणपत्र र मेडेलद्धारा सम्मान गरिएको थियो । प्रतियोगितामा चौथो बनेकी गिता आचार्यलाई पनि सान्तवना पुरस्कार प्रदान गरिएको थियो ।

विहान साढे सातबजे माइधारबाट शुरु भएको म्याराथनको झापाका प्रहरी प्रमुख एसपी ठाकुरप्रसाद ज्ञवालीले रिबन काटेर उद्घाटन गरेको थिए । म्याराथनमा ३६ जना धावक सहभागी भएको आयोजक पशुपति एकेडेमीका प्रिन्सिपल चन्द्रप्रसाद खनालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप