बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अखिल क्रान्तिकारीकोे बारा जिल्ला सम्मेलन सम्पन्न

शुक्रबार, ०७ फागुन २०७२, १७ : ३८
शुक्रबार, ०७ फागुन २०७२

बारा– अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी बाराको प्रथम जिल्ला सम्मेलन आज सम्पन्न भएको छ । अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य जलादिन मंसुरको अध्यक्षतामा भएको सम्मेलनले दिनेश यादवको संयोजकत्जमा ३१ सदस्यीय जिल्ला कमिटि गठन गरेको छ ।

समितिमा मुनी कुशवाह, शुभनारायण साह, कैसर आलम, सरोज यादव, राजेश्वर कुशवाहलगायत रहेका छन् । जिल्ला सम्मेलन उद्घाटन कार्यक्रमको प्रमुख आतिथ्यता अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं २ नं. प्रदेशका सहसंयोजक सन्तोष घिमिरेले गरेका थिए ।

कार्यक्रममा एमाओवादीका केन्द्रीय सदस्य एवं बारा जिल्ला इन्चार्ज ज्वाला साह, सभासद् डा. उषाकिरण अन्सारी, अखिल क्रान्तिकारीका सचिवालय सदस्य उमेश कुशवाह, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य एवं पर्सा जिल्ला संयोजक प्रभाकर गुप्ता, वाईसियल बाराका संयोजक बृजकिशोर कुशवाह, मुकेश साह, एमाओवादी बाराका संगठन विभाग प्रमुख धुरी साह लगायतको विशेष उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप