एसएलसीः १३ वर्षीय छात्र परीक्षामा सहभागी
आइतबार, २१ चैत २०७२, १३ : ४५
महोत्तरी– तेह्र वर्षीय छात्र प्रवेशिका परीक्षामा सहभागी भएका छन् ।
सिंहासनी मावि विद्यालयका विजय यादव यस वर्षको परीक्षामा नियमिततर्फबाट सहभागी भएका हुन् । मनरा उमावि परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका यादव जिल्लाभरिमा नै सबैभन्दा कान्छा परीक्षार्थी रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कमा उनको जन्ममिति २०५८ साल जेठ १० गते रहेको जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालले जानकारी दिए ।
यस वर्ष महोत्तरीबाट एक सय चार विद्यालयका गरी नियमित तर्फबाट सात हजार ५७५ तथा पुनःपरीक्षातर्फबाट चार हजार ७४२ ले परीक्षा दिइरहेका छन् । जिल्लाभरि २८ परीक्षा केन्द्र छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण