राजधानीमा बुलेट बाइकको ऱ्याली (फोटोफिचर)
काठमाडौं – नेपालमा रोयल इन्फिल्ड (बुलेट) बाइकको आधिकारिक बितरक दुगड ब्रदर्स एन्ड सन्स प्रालिले रोयल इन्फिल्ड वान राइडको अवसरमा काठमाडौंमा रोयल इन्फिल्ड र्याली आयोजना गरेको छ । र्याली स्काउट कम्प्लेक्स लैनचौरबाट प्रारम्भ भई दरबारमार्ग, घण्टाघर, भद्रकाली, सिंहदरबार, माइतीघर, थापाथली, कुपण्डोल, पुलचोक, मंगलबजार, जावलाखेल हुादै फेरि पुलचोक, हरिहरभवन, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, वीरहस्पिटल, कान्तिपथ, ठमेल हुादै लैनचौर स्काउट कम्प्लेक्समा समापन भएको थियो । र्यालीमा ३६ वटा बुलेट बाइक राइडरको सहभागिता रहेको थियो । सो र्यालीमा केही दिन अघि सम्पन्न रेसनारीकी विजेता दीक्षा श्रेष्ठको समेत सहभागिता थियो । यो बाहेक र्यालीमा रोयल इन्फिल्ड इन्डियाका प्रतिनिधि अभिशेक शुक्ला, दुगड ब्रदर्स एन्ड सन्सका हेड अफ अपरेसन मेघराज पौडेल, नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का महासचिव गोविन्द भट्टराई लगायतको उपस्थिति थियो । रोयल इन्फिल्डले प्रत्येक वर्ष अप्रिल महिनाको पहिलो आइतबारलाई ‘रोयल इन्फिल्ड वान राइड’ को रुपमा मनाउादै आएको छ । आज नेपालमा पनि काठमाडौं बाहेक बुटवल, इटहरी र नारायणगढमा समेत यसको अवसरमा र्यालीको आयोजना गरिएको छ । र्यालीले ट्राफिक जनचेतना, सडक सुरक्षा र ड्राइभ टुरिज्मको विकास गर्ने विश्वास लिइएको छ । आजको र्यालीमा सहभागी राइडरहरुको भेलाले नेपालमा टु ह्विल ड्राइभ टुरिज्मको प्रवद्र्धनका लागि रोयल इन्फिल्ड एड्भेन्चर क्लब समेत गठन गरेको छ । राजकुमार शाक्यको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो । समितिका सदस्यहरुमा बिकास पुन, अशोक बस्नेत, नवराज खनाल, प्रवेश श्रेष्ठ, सुुनिल अर्याल र लक्ष्मण शाह रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण