पेट्रोलियम पदार्थको आपूर्ति सहज
काठमाडौँ-नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले काठमाडौँमा पेट्रोलियम पदार्थको आपूर्ति क्रमिकरुपमा सहज हुँदै गइरहेको बताएका छन् ।
रिपोर्टस क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले केही दिनमा निर्माण क्षेत्र तथा कन्सट्रक्सन कम्पनीलाई डिजेलको आपूर्ति सहज बनाउन व्यवस्थापन गर्ने बताए । गत वर्ष मार्चको तुलनामा यो वर्षको मार्चमा ३५ प्रतिशत ग्यासको आपूर्ति बढाएको र अप्रिल महिनामा अझै बढाउने तयारी निगमले गरेको उनको भनाइ छ ।
खड्काका अनुसार नेपालमा हाल ५५ उद्योगले ग्यासको रिफिलिङ्ग गर्दै आएको र ९० दिनका लागि जगेडा राख्न नुवाकोट, बैरनी र पाँचखालमा ग्यास स्टोरेज निर्माण कार्य भइरहेको र आगामी दुई वर्षभित्र तयार हुनेछ । पेट्रोलियम पदार्थ आपूर्ति सहज गर्न चीनसँग ३० प्रतिशत व्यापार गर्ने अवस्थामा नेपाल रहेको उहाँ बताउँछन् ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले जिल्लामा चार लाख ग्यासका सिलिन्डर अवैधरुपमा भित्रिएको जानकारी दिँदै प्रतिसिलिन्डर रु चार हजार ५०० लिएर बिक्री गर्दै गरेको अवस्थामा २५ सिलिन्डर जफत गरी कारबाहीको दायरामा ल्याएको बताए । हालसम्म जिल्ला प्रशासन कार्यालयमा ग्यास कालोबजारी गरिएका १३ वटा मुद्दा दायर भएका, ५६७ वटा भरी सिलिन्डर जफत गरेको र १८ जनालाई प्रतिवादी बनाइएको र दस हजार ४६५ लिटर पेट्रोल जफत गरिएको सुवेदीले जानकारी दिए ।
आपूर्ति विभागका महानिर्देशक गोकुल धितालले गएको चैत महिनादेखि पेट्रोलियम पदार्थको आपूर्तिमा क्रमिक सहज भएको बताए । वितरण प्रणालीमा सहज बनाउन मन्त्रालयले बजार हस्तक्षेप गर्ने तयारी गरिरहेको छ । एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले ग्यास उद्योगमा सरकारले चाहिने भन्दा बढी हस्तक्षेप गरेको आरोप लगाए । पर्याप्त मात्रामा आयात नभएकाले बजारमा ग्यासको अभाव देखिएको घिमिरे बताउँछन् ।
हाल बजारमा ५५ लाख सिलिन्डर रित्तो अवस्थामा रहेका बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण