ला लिगा : अन्तिम ९० मिनेट, उपाधिका दुई दाबेदार
काठमाडौं – बार्सिलोना र रियल म्याड्रिड, स्पेनिस फुटबलका दुई महारथी, लिग उपाधिका लागि अन्तिम दुई दाबेदार हुन् । अघिल्लो खेलमा एथलेटिको म्याड्रिडको हारसँगै स्पेनमा यी दुई क्लबबीच यस सिजन अन्तिम खेलमा टक्कर हुने भएको छ । उपाधिको दाबेदार एथलेटिको लेभान्टेसँग २–१ ले अप्रतयासित रुपमा पराजित भएपछि अब बार्सिलोना र रियालमध्ये एकले उपाधी उचाल्नेछ ।
रियल च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ भने स्पेनको नकआउट प्रतियोगिता कोपा डेल रेइमा बार्सिलोना फाइनलमा पुगेको छ । बार्सिलोनाले कोपा डेल रेइको उपाधी जित्नका लागि मे २२ गते हुने फाइनलमा सेभियाको सामना गर्नेछ । तर त्यसअघि नै आगामी साता बार्सिलोना स्पेनिस ला–लिगाको उपाधि जित्न चाहन्छ । रियल पनि मे २८ मा हुने च्याम्पियन्स लिग अघि घरेलु लिगको उपाधि उचाल्न चाहन्छ ।
अहिलेसम्म बार्सिलोना नै लिग जित्नका लागि बलियो रुपमा उभिएको छ । तर, बार्सिलोनासँगै रियलले जित्ने पनि सम्भावना कायमै छ । पछिल्लो ११ खेलमा अपराजित रहेको रियल बार्सिलोनाको सम्भावित उपाधि खोस्न चाहन्छ ।
अब अन्तिम खेलको ९० मिनेटले ला लिगाको उपाधि तय गर्नेछ । यस्ता छन् दुई टोलीले लिग जित्ने तीन सम्भावनाहरु संभावना १ : ग्रानाडाबिरुद्ध जीत निकाले बार्सिलोना च्याम्पियन बार्सिलोनाले उपाधी उचाल्नका लागि अन्तिम खेलमा ग्रानाडा विरुद्ध जीत निकाल्ने उद्देश्य राखेको छ । ग्रानाडालाई हराएमा बार्सीलोनाको उपाधि पक्का हुनेछ । ग्रानाडा रेलिगेसनबाट जोगिने पक्का भइसकेको छ । त्यसैले अन्तिम खेल ग्रानाडाका लागि खासै महत्वको हुनेछैन् । तर, यस सिजन च्याम्पियन्स लिग फुटबलको उपाधि रक्षा गर्न नसकेको बार्सीलोनाको आँखा भने स्पेनिस ला–लिगामै छ । संभवना २ : हारका बाबजुद पनि बार्सिलोना च्याम्पियन ग्रानाडा विरुद्ध जीत निकाल्न नसकेपनि बार्सीलोनाको च्याम्पियन हुने आशा समाप्त हुनेछैन् । तर त्यसका लागि शनिबार नेपाली समयअनुसार ८ बजे ४५ मिनेटमा शुरु हुने अर्को खेलमा रियाल म्याड्रिड कम्तिमा बराबरीमै रोकिनु पर्नेछ । रियाललाई डिर्पोटिभोले बराबरीमा रोक्यो र ग्रानाडासँग बार्सिलोना पराजित भयो भने दुबै टोली समान ८८ अंकमा रहनेछन् । यस्तो अवस्थामा हेड टु हेडमा रियाललाई पछि पार्दै बार्सीलोनाले उपाधी जित्नेछ । रियल पराजित भयो भने बार्सिलोना स्वतः च्याम्पियन बन्नेछ । संभावना ३ : रियालको जीत र बार्सिलोना बराबरीमा एकै समयमा हुने खेलमा रियाल विजयी भयो र बार्सिलोना बराबरीमै रोकियो भने जीत रियालको हुनेछ किनकी रियालले यस्तो अवस्थामा ९० अंक जोड्नेछ भने बार्सीलोना ८९ अंकमा खुम्चनेछ । पराजित भएको खण्डमा बार्सिलोना ८८ अंकमै सिमित हुनेछ । यस्तो बेला रियलको जितको अर्थ स्पेनिस लिगमा उसले कब्जा जमाउने छ । बराबरी चाहन्न दुबै टोली लिगमा रियाल र बार्सीलोना दुबैले जीत हासिल गरेको खण्डमा उपाधि बार्सीलोनाको हुनेछ र दोस्रो स्थानमा रियाल कायम रहनेछ । अन्तिम खेलमा पराजित भएपनि बार्सिलोना कम्तिमा दोस्रो हुने पक्का छ । तर पराजित भएको खण्डमा रियाल तेस्रो स्थानमा धकेलिन सक्छ । यस्तो समिकरणका बाबजुद अन्तिम दिन बार्सीलोनाले चाहेको स्पष्ट नतिजा जीतको हो । त्यसैले बार्सीलोनाका लागि अन्तिम खेल नकआउट सरह हुनेछ । लुईस सुआरेज, नेइमार र मेसी सम्मिलित आक्रामक जोडीले खेल अवधिभर विपक्षीको पोस्टमा धावा बोल्ने पक्का छ । उनीहरुले जीतका लागि हरसंभव प्रयास गर्नेछन् र समय खेर फाल्न दिनेछैनन् । रियाल म्याड्रिडका लागि पनि दोस्रो हुनु र तेस्रो हुनुमा खासै अन्तर हुनेछैन् । त्यसैले रियालले पनि उपाधी जित्नका लागि अन्तिम खेल जित्न चाहन्छ । दबाबमा ठूला क्लब, एथलेटिको दबाबमुक्त लिग उपाधीलाई दुबै क्लबले प्राथमिकता राखेका छन् । तर लिग जित्न नसक्दैमा दुबै क्लब उपाधीविहिन भने हुनेछैनन् किनकी लिगको उपाधी उचाल्न नसकेपनि बार्सीलोनाले कोपा डेल रेइको फाइनल खेल्दै नकआउट उपाधी जित्ने आशा बाँकी छ । यता, रियाल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ र उसले फाइनलमा शहरकै प्रतिद्वन्द्धी एथलेटिको म्याड्रिडको सामना गर्नेछ । रियाल र बार्सिलोनाले ला–लिगाको अन्तिम खेलमा टाउको दुखाईरहेका बेला अघिल्लो खेलमा लेभान्टेसँग पराजित भएको एथलेटिको म्याड्रिड भने दबाबरहित ढंगबाट मैदान उत्रनेछ । सेल्टा भिगो विरुद्धको अन्तिम खेल एथलेटिकोका लागि च्याम्पियन्स लिगको पूर्वतयारी हुनेछ । दुई वर्षअघि फाइनलमा रियाल म्याड्रिडसँग पराजित भएर च्याम्पियन्स लिग जित्न असफल बनेको एथलेटिकोको लक्ष्य यसपटक इतिहासमै पहिलो च्याम्पियन्स लिग ट्रफी भित्र्याउने हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार ‘एमिकस क्युरी’ सिफारिस
-
पेट्राेलियम पदार्थकाे मूल्य स्थिर
-
इङ्ग्ल्यान्डले भगवानको हात देखिसकेको छ, अब भगवानको देब्रे खुट्टा पनि देख्नेछः इब्राहिमोभिच
-
युद्धले लेबनानमा वन विनाश र वातावरणीय क्षति बढ्दो
-
निःशुल्क स्वास्थ्य पोर्टल : ९० दिनमै २ हजार भन्दा बढीले पाए सेवा
-
विश्वविद्यालयलाई आईटी उद्योगसँग जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण