बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

ट्रक र बस ठोक्कियो, २० यात्रु घाइते

मङ्गलबार, २८ वैशाख २०७३, २० : ४१
मङ्गलबार, २८ वैशाख २०७३

नवलपरासी - पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा आज रोकिराखेको ट्रकमा यात्रुवाहक बस ठोक्किँदा २० यात्रु घाइते भएका छन् । जसमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए । गैँडाकोट–१० थुम्सी जङ्गलनजिकै बझाङबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख १३३९ नम्बरको बस रोकिराखेको लु१ख ७७६८ नम्बरको ट्रकमा ठक्कर खाँदा सो दुर्घटना भएको गैँडाकोट प्रहरीले जनाएको छ । घाइतेमध्ये १४ जनाको चितवन मेडिकल कलेज र ६ जनाको जिल्ला अस्पताल चितवनमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गैँडाकोट जनाएको छ । दुर्घटनामा संलग्न दुवै सवारीसाधन र चालक प्रहरीको नियन्त्रणमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप