बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

धरानमा १९७४ एडी

बुधबार, २९ वैशाख २०७३, ०८ : २९
बुधबार, २९ वैशाख २०७३

धरान–लामो समयपछि धरानमा सिल्भर इन्टरटेन्मेंट र हाइट इभेन्टको आयोजना तथा रुस्लान भोड्काको सहकार्यमा भब्य सांगीतिक कार्यक्रम ‘फुल भोलुम –लाइभ कन्सर्ट इन धरान’ को आयोजना हुदैछ । चर्चित सांगीतिक समूह ‘१९७४ ए डी’ आफ्नो नया ब्याण्ड मेम्बर सहित पहिलो पल्ट आगामी जेष्ठ ७ गते शुक्रबार साँझ धरान स्थित पब्लिक खेल मैदानमा आफ्ना नया पुराना गीतहरु सहित धरान तथा पूर्वेली दर्शकहरु माझ छाउनेछन् ।

१९७४ ए डीले यो मन त मेरो नेपाली , सम्बोधन , रातो र चन्द्र सुर्य , पहिलो जुनीमा, गुरांसै फुल्यो , परेलीमा , सम्झी बस्छु , जति माया , बिस्तारै बिस्तारै लगायतका दर्जनौ गीत हरु प्रस्तुत गर्नेछन । १९७४ ए डी मा निराकार याक्थुम्बा ,मनोज केसी ,संजय श्रेष्ठ ,सुभास जंग पाण्डे ,प्रतिक बानिया संगै रोहित जोन छेत्रि, प्रज्ज्वल मुखिया रहेका छन ।

त्यस्तै सोहि कार्यकर्ममा धरानको चर्चित ब्याण्ड जेलर्स को मुख्य भोकलिस्ट मनोज मोते आफ्नो नया ब्याण्ड वाल्किंग क्लाउड सहित आफ्ना नया ( पुराना गीतहरु टाढा जाने , हाम्रो जीवन , कसरि बिर्सु , छपनि ले छान लगायतका आफ्ना अन्य गीतहरु गाउने छन् ।

जेष्ठ ७ गतेको सांझलाई संगीतमय बनाउन हरेक कोण बाट भब्य बनाउन लागिपरेको संयोजक हिमाल गुरुंगले बताए । धरानको कन्सर्ट पछि अन्य सहरमा पनि कार्यकर्म आयोजना गर्ने गुरुंगले बताए ।

रु १०० टिकट दर रहेको कन्सर्टको टिकट एस एल सी र प्लस २ का बिध्यार्थीहरुले अग्रिम लिंदा पचास प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप