सारेबुङमा अलपत्र परेका १८ नेपालीसहित दुई जर्मन नागरिकको उद्धार
काठमाडौँ– मनाङ र मुस्ताङको सीमा क्षेत्र सारेबुङमा अलपत्र परेका १८ नेपालीसहित दुई जर्मन नागरिकको उद्धार गरिएको छ ।
पाँच हजार ९४० मि उचाइमा रहेको सारेबुङ पुगेको सो टोली हावाहुरीका कारण फसेको थियो । अलपत्र परेका सबैलाई सुरक्षित स्थानमा सारिसकिएको फ्रेन्ड एड्भेन्चरका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर लामाले जानकारी दिए । लामाकाअनुसार अलपत्र सबैलाई ‘लङ रोप रेस्क्यू टिम’ ले उद्धार गरेको हो । “अलपत्र सबैलाई सुरक्षित स्थानमा ल्याइएको छ”–लामाले भने । उद्धार गरेका सबैलाई सिम्रिक एयरमार्फत मनाङको फू गाविसका ल्याउने तयारी भइरहेको छ । सो टोली सारेबुङ हिमाल आरोहण गर्न गएको थियो । सो हिमालको उचाइ छ हजार ३४६ मि रहेको छ ।
हावाहुरीका कारण सबै सामान उडाएपछि आरोहणमा गएको सो टोली अलपत्र परेको थियो । उनीहरु मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई आजै काठमाडौँ ल्याउने तयारी गरिएको लामाले जानकारी दिए ।
शुक्रबार नै उनीहरुको उद्धार गर्ने तयारी गरिएको भए पनि प्रतिकूल मौसमका कारण सम्भव हुन सकेको थिएन । दुई जर्मन नागरिक र उनीहरुको साथमा नेपाली पथप्रदर्शक, क्लाइम्बिङ शेर्पा, वेसक्याप शेर्पा र भरियासहितको टोली मौसमी प्रतिकूलताका कारण समस्यामा परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण