रंगमञ्च : कलात्मक नाटकमा सिर्जनशील निर्देशन र जीवन्त अभिनय
प्रयोगपरक काव्यिक नाटक नेपाली रंगमञ्चमा अभि सुवेदीको पहिचान हो । पछिल्लो समय थिएटर मलमा उनको नाटक ‘यो कुनै बास हो एक’ मञ्चन भइरहेको छ । जेठ ४ गतेसम्म मञ्चन हुने नाटकको निर्देशन गरेका छन् युवा निर्देशक घनश्याम श्रेष्ठले । नाटककार बालकृष्ण समप्रति समर्पित नाटकमा शुस्मा कोइरालाको एकल प्रस्तुति छ भने एना देउजा र रविना श्रेष्ठले कुशलतापूर्वक सघाएका छन् । नेपथ्यमा सुवेदीकै स्वर सुनिने नाटकमा संगीत, पेन्टिङ र मूर्तिको राम्रो कलात्मक संयोजन गरिएको छ । प्रस्तुत छ, हेर्नैपर्ने कलात्मक नाटकको रुपमा समीक्षकहरुको टिप्पणी पाइरहेको नाटकबारे सुवेदीको आफ्नै धारणा र फोटो पत्रकार बिजु महर्जनले खिचेका तस्बिर :
– अभि सुवेदी
यो छोटो एकल काव्यिक शैलीको नाटकको कथा सोझो छैन । यो घुमाउरो गरी अघि बढ्छ । यस नाटककी एकल पात्रा दिवासा समको घर परिसरमा सूत्रधार वा लेखकले भेटेकी पात्र हुन् । नाटकको सुरूमै सूत्रधारले बोलेर यो सबै कुरा खोलिदिन्छ । ती नारी एउटा अर्ध–यथार्थभित्र भेटिएकी पात्र हुन् । तिनको चिन्ता अत्यन्त यथार्थ छ । नाटक सुरू हुँदा नै तिनको द्वन्द्व, तिनको मनका कुरा सुनिन्छन् । त्यो घर परिसरमा विवाहित भएर आएकी तिनले समलाई देखिनन् । ती नातिनी पुस्ताकी पात्राका चिन्ताले सजिलो उत्तर पाउँदैनन् । त्यसैले नाटक दिवासाको मनको चिन्ता र खोजबाट सुरू हुन्छ अनि त्यसैमा अन्त हुन्छ । यो नाटकमा उनीले अन्तिम उत्तर भेटेकी छैनन् । ती समको जगतमा पस्ने प्रयास गर्दागर्दै समका नारी पात्रहरूको जगतकी एक पात्रा हुन्छिन् । यसमा नाटककारले दिवासाको यही ࣓द्वन्द्व र उनको खोजीबाट पसेर समका नारी पात्रहरूको नाटक लेखेको प्रष्ट हुन्छ । नाटकमा दिवासा यथार्थबाट नाटकको संसारमा पस्दै जान्छिन् । समको संसारमा नारी धेरै किसिमका छन् । कोही उनका नाटकमा सोझै भेटिन्छन् । कोही सङ्केतबाट भेटिन्छन् । जस्तो कि अमरसिंह नाटकमा पुरूषकेन्द्रीत कथा छ, तर भित्री कथामा नारी छन् । नालापानीमा नारीहरुले साहसपूर्वक अंग्रेजको घेरा वास्ता नगरी निस्केर पानी खान हिँडेर खोलामा गएका बिम्ब छन् । दिवासा यतिमात्र होइन, यो देशका शासक वर्गका नारीको संसारमा पनि पस्छिन् । रानी राजेन्द्रलक्ष्मी र कोतपर्वमा उनको भूमिका विषयका बिम्ब छन् । दिवासा सबै पाठहरूमा प्रयोग गरिएकी तर साहस र व्यक्तित्व भएकी नारी पात्रको रुपमा अवतार फेर्दै जान्छिन् । यो उनको नारी चेतनाले बोल्ने काव्यिक कल्पना हो । तिनी समका पाठसँगै इतिहासभित्र पस्छिन्, अनि त्यतैबाट बाहिर निस्किन्छिन् । त्यसपछि उनी आफ्नै मनभित्र पस्छिन् । यो सानो काव्य नाटकमा दिवासा समका नाटकमा नभएका तर बिम्बमा आउने नारी भएर बोल्छिन् । समका केही नारी पात्र भएर बोल्छिन् अनि सबै कुरा गरेर आफ्नै मनभित्र फर्किन्छन् । उनी यस्तो जटिल यात्रा गर्दा नाटककार समकै साहारा लिन्छन् । उनलाई बाजे भनेर सम्बोधन गर्छिन् र आफ्ना कुरा र समस्या राख्छिन् । नाटकमा नाटककार पनि बोल्छन् । यसरी यो नाटकको द्वन्द र सम्वाद दिवासाको एक्लो कथा हो । तर त्यसमा उनले नाटककार समलाई पनि ल्याउँछिन् । दिवासाको नाटक त्रिकोणात्मक छ । लेखक यस त्रिकोणात्मक नाटकको रचनाकार हो । त्यसैले यो सबैको संयोजन गर्दा उसले सबै पक्षलाई लिएको छ । नाटकको सुरूमै दिवासा नेपालको इतिहासभित्र पस्छिन् । समको कला र नाटकीय पक्षलाई उनले सँगै सम्बोधन गरेकी छन् । अनि त्यसपछि उनी समयको अलिक पहिलेको घटनातिर फर्केर नालापानीको युद्धका प्रसङ्ग समको कला र नाटकीय पक्षलाई उनले सँगै सम्बोधन गरेकी छन् । अनि त्यसपछि उनी समयको अलिक पहिलेको घटनातिर फर्केर नालापानीको युद्धका प्रसङ्ग ल्याउँछिन् । दिवासाका निम्ति नेपालको इतिहासमा नारीको शक्तिसँगको कथा एउटा काव्यिक चिन्तामा भेटिन्छ । त्यसैले दिवासाको यात्रा मनको यात्रा हो । समका नाट्यजगतले जागरूक गरेको अनुत्तरित काव्यिक द्वन्द्व हो । इतिहासमा जङ्गबहादुरको उदय भएका बिम्ब छन् जुन कुरा समले सोझै लेखेका छैनन् । दिवासा समका नाटकका पात्राका अवतार लिन्छिन् । ‘मुकुन्द इन्दिरा’ नाटककी पात्रा इन्दिरा हुन्छिन् । उनी ‘म’ नाटककी पात्रा इन्द्रवीरकी पत्नी र प्रेमिकाको अभिनय गर्ने प्रभा हुन्छिन् । उनी ‘मुटुको व्यथा’की कोपिला हुन्छिन् जो आफूलाई माया गर्ने माधवलाई प्रेम गर्न नसकेर आफ्नै प्रेमीको सम्झनामा जलिबस्छिन् । तर दिवासा समका परम्परित प्रेम र नारीको पतिभक्तिका कथालाई आलोचना गरिरहन्छिन् । माथिका अनेकौं द्वन्द्व र नमिल्दा कथाको नाटक गर्दा दिवासा आफ्नो शरीरको भावभङ्गिमालाई प्रयोग गर्छिन् । उनी खुबै नाच्छिन् । नृत्य भनेको ठाउँ र समयलाई तोडेर एउटा भावमा परिणत गर्ने कला हो । यस नाटककी कलाकार नृत्याङ्गना सुष्मा कोइरालाले त्यसको राम्ररी प्रयोग गरेकी छन् । यस नाटकका युवा निर्देशक घनश्याम श्रेष्ठले सानो नाट्यमञ्चको रचना गर्दा त्यही काल र नृत्यलाई मिलाउने कुराको चिन्ता राखेका छन् । दिवासा नाटकको अन्त्यतिर समको घरपरिसर र उनको कलाका संसारमा प्रवेश गर्छिन् । त्यहाँ उनका नाटककारसँग गरिएका प्रश्नहरु काव्यिक र जटिल छन् । दिवासा समको नाटक ‘प्रल्हाद’बाट समले लेखेका मानिस र युद्ध अनि फेरि ज्ञान र विज्ञानका अभिव्यक्ति उच्चारण गर्छिन् । नाटककारसँगको सम्वाद काव्यिक हुन्छ । अनि नाटक ‘प्रेमपिण्ड’को जटिलतालाई दिवासाले समकै शैलीमा काव्य–नाटकको सम्वाद बोलेर नारीको अवस्थाको विडम्वनालाई व्यक्त गर्दै सकिन्छ । दिवासा एउटी काल्पनिक पात्र हुन्, जसलाई रचना गर्ने प्रेरणा मैले नाटकमा भनेजस्तै अत्यन्त काव्यिक र सकारात्मक चिन्ता भएकी महिलाबाट पाएको थिएँ । तर यो नाटककी पात्रा दिवासाका बोलीको जटिलतालाई उत्प्रेरणा दिनेसँग भने जोड्न मिल्दैन । यी अलग पात्राहरु हुन् । तर ती चिन्ता र खोजीका लयमा भेट हुन्छन् । यो विषय यथार्थ र साहित्य पाठ रचनाको विषय हो, जसको यहाँ छलफल गर्ने ठाउँ छैन । यो छोटो एकल सम्वाद नाटकको आधार त्यही सम्मान र अनुत्तरित चिन्ताले बनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण