कहाँ हरायो क्रिस गेलको जादू ?
एजेन्सी–एक समय थियो जब क्रिस गेल क्रिजमा ब्याटिङ गर्न उत्रदा समर्थकहरुको उत्साह चरम बिन्दूमा पुग्ने गर्दथ्यो । बलरहरु आतंकित हुने गर्दथे । यस्तो लाग्थ्यो कि क्रिस गेल टी–२० क्रिकेटकै लागि जन्मिएका हुन् । भिमकाय शरिरका गेललाई दुई रन जोड्न पनि मुस्किल पर्छ , तर छक्का र चौका प्रहार गर्ने मामिलामा उनी अन्य ब्याट्सम्यानभन्दा निकै अघि छन् । सन् २०१११ देखी २०१३ सम्म आइपिएलमा क्रिस गेललाई रोक्न असंभव थियो । – २०११ मा गेलले ११ खेल खेल्दै ३ सय ३२ बल सामना गरेर ६ सय ८ रन बनाए । उनको स्ट्राइक रेट थियो १८३.१३ – २०१२ मा उनको शान्दार फर्म कायम रह्यो । गेलले १५ खेलमा ४ सय ५६ बल सामना गर्दै ७३३ रन बनाए । उनले यस प्रतियोगितामा ७ अर्धशतक बनाए । उनले यस दौरान ५९ छक्का र ४६ चौका लगाए । – २०१३ मा गेलले पुणे वारियर्स विरुद्ध अविजित १ सय ७५ रन हार गरे । उनले प्रतियोगितामा ७ सय भन्दा बढी रन प्रहार गरे । यतिबेलासम्म गेल विरुद्ध कस्तो बलिङ गर्ने भन्ने अनुमान गर्न गाह्रो थियो । उनले प्रत्येक बलमा छक्का या चौका लगाउँथे । उनले १ सय ६० भन्दा बढी चौका र १ सय ५४ भन्दा बढी छक्का लगाए । गेल यति शक्तीशालि थिए कि उनले गरेको मिसहिट शट पनि छक्का हुन्थ्यो । तर २०१६ को आईपिएलमा क्रिस गेलले राम्रो खेल्न सकेका छैनन् । उनले कप्तान विराट कोहलीको विश्वास गुमाइसकेका छन् । अहिलेसम्म क्रिस गेलले आईपिएलमा ४ खेल खेलेका छन् र केवल ७ रन बनाएका छन् । कुनै समय उनी रोयल च्यालेन्जर्स बैगलोरका लागि म्याच विनर थिए । त्यसैकारण पनि कप्तान विराट कोहलीले उनलाई अझै धेरै मौका दिने अनुमान थियो । तर ठीक उल्टो उनी अहिले टिममा छैनन् । जसको अर्थ गेल निकै खराब फर्ममा छन् भन्ने बुझ्न सकिन्छ । विपक्षी टोलीहरुले गेलको खराब फुटवर्कको यस सिजन पुरै फाइदा उठाए । लेग स्टम्पमा योर्कर, वाइड योकर्ससहित फुटवर्कको जरुरत पर्ने सबै बलमा गेललाई आउट गर्नका लागि विपक्षी बलरहरुले गरेका प्रयास सफल भए । गेल यस सिजन कुनै पनि कोणबाट खतरनाक ब्याटस्म्यान साबित भएका छैनन् । आईपिएलअघि टी–२० विश्वकपमा शतक प्रहार गर्दै गेलले निकै उत्कृष्ट सुरुआत लिएका थिए । तर त्यसपछिका तीन खेलमा उनको ब्याटिङ चलेन । उनले त्यसपछिका खेलमा ४,५ र ४ रनमै आउट भए । गेल आईपिएल सुरु हुदाँ नै फर्ममा थिएनन् । गेलको खराब फर्मको असर रोयल च्यालेन्जर्स बैगलोरलाई परेको छ । अहिले यो टोली अंकतालिकाको छैटौ स्थानमै सिमित छ । प्राय टी–२० क्रिकेटमा नसोचका घटना घट्छन् । त्यसैले समर्थकहरु गेल फेरि फर्ममा आउने विश्वासमा छन् । तर, अहिलेका लागि गेल निकै खराब समयबाट गुज्रिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण