सप्तरीको तेरहौता गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा
शनिबार, ०१ जेठ २०७३, १६ : ०२
राजविराज– सप्तरी जिल्लालाई सन् २०१६ सम्ममा खुल्ला दिशा मुक्त घोषणा गर्ने अभियान अन्तर्गत तेरहौता गाविसलाई खुल्ला दिशामुक्त घोषणा गरिएको छ । गाँउ खानेपानी तथा स्वच्छता समन्वय समितीका संयोजक एंवम गविसका सचिव प्रकाश देबकोटाको अध्यक्षता तथा निर्वाचन क्षेत्र नम्बर–१ का साँसद मानपुर चौधरीको प्रमुख आतिथ्यमा एक सम्मारोहका बीच उक्त गाविसलाई खुल्ला दिशामुक्त घोषणा गरिएको हो । सम्मरोहमा साँसद् मानपुर चौधरीले खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेको हो । कार्यक्रममा जिल्ला विकास समितीका कार्यक्रम अधिकृत नबराज खड्का, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका निमित्त प्रमुख, ई. प्रभु नारायण चौधरी, गैसस महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, सुनौला हजार दिनका बिजय रत्न श्रेष्ठ लगायतले शुभकामाना मनतव्य व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण