बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

राप्रपा नेपालका केन्द्रिय सदस्य जुवा खेल्दाखेल्दै समातिए

शनिबार, ०१ जेठ २०७३, १६ : ११
शनिबार, ०१ जेठ २०७३

काठमाडौं–राप्रपा नेपालका केन्द्रिय सदस्य भुजुङ गुरुङ जुवा खेलिरहेको अवस्थामा काठमाडौंको नयाँबजारबाट पक्राउ परेका छन् ।

शनिवार नयाँबजारको एक घरमा जुवा खेलिरहेको अवस्थामा गुरुङ सहित २४ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत सोह्रखुट्टेका डिएसपी सोमेन्द्र राठौरले जानकारी दिए । भुजुङ गुरुङ राजधानीको ठमेलमा रहेको होटल मनाङको संचालक समेत हुन् ।

नयाँबजारका तिनवटा जुवा खालबाट दुई दर्जनलाई पक्राउ गरेको प्रहरीले उनीहरुको साथबाट दुई लाख नगद र १ लाख ६५ हजारको चेक समेत बरामद गरेको छ । उनीहरुलाई जुवा ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप