बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

अहिले सरकार परिवर्तनको कुनै आवश्यकता छैनः सुजाता

शनिबार, ०१ जेठ २०७३, १६ : ३४
शनिबार, ०१ जेठ २०७३

काठमाडौ– नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले अहिले सरकार परिवर्तनको कुनै आवश्यकता नभएको दावी गरेकी छन् । रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भनिन,‘ म अहिले सरकार ढाल्ने पक्षमा छैन । पाँच वर्षसम्म सरकार चल्न नसके प्रजातन्त्र र विकास अगाडि बढ्ने बाला छैन । अहिले कसैले पनि सरकार परिवर्तनको कुरा गरेर अस्थिरता ल्याउनु हुँदैन । आफूलाई प्रधानमन्त्री बनाउन कसैले पनि देशमा अस्थिरता ल्याउनु हुँदैन ।’ नेतृ कोइरालाले प्रजातन्त्रलाई दह्रो बनाउन पनि अहिले स्थानीय निकायको निर्वाचन आवश्यक भएकोले तत्काल कानून बनाएर निर्वाचनमा जानु पर्नेमा जोड दिदै नेपाली काग्रेस जस्तो प्रजातान्त्रिक पार्टीले निर्वाचनसँग डराउन नहुने तर्क गरिन । उनले भनिन,‘ १९ महिनाभित्रमा स्थानीय, प्रादेशिक र आम चुनाव गराउनु छ । निर्वाचन गराउन सके प्रजातन्त्र नै खतरामा पर्छ । यसकोलागि सबै एक जुट हुनु पर्छ । केपी शर्मा अ‍ोलीजीकै नेतृत्वको सरकारले चुनाव गराएपनि हुन्छ । नेपाली काग्रेसलाई केही फर पर्दैन, चुनाव काग्रेसले नै जित्छ ।’ नेतृ कोइरालाले थपिन,‘ यसो भन्दा मलाई ओलीजीको मान्छे भन्लान तर मलाई केही फरक पर्दैन । म प्रजातन्त्र र विकासको पक्षमा छु ।’ उनले आफूहरुले सुशील कोइराला जीवितै हुँदा काग्रेस सरकारमा जानु पर्छ भनेपनि नगएर काग्रेसले गल्ती गरि धेरै गुमाईसकेको उल्लेख गर्दै अहिले भने आफूहरु सरकारमा जाने पक्षमा नभए पनि प्रतिपक्षमा बसेर रचनात्मक भूमिका खेल्न पर्ने बताईन । नेतृ कोइरालाले भनिन, ‘ सरकारको राम्रो कामको समर्थन गर्नु पर्छ, नराम्रो कामको विरोध गर्नु पर्छ । मुलुकको समस्या समाधान गर्न काग्रेसले सरकारलाई सहयोग गर्नुपर्छ ।’ मधेस आन्दोलन जनताको आन्दोलन नभएकोले कुनै पनि हालतमा सफल नहुने दावी गर्दै मधेसी जनताले आन्दोलन भन्दा पनि विकास खोजेको उनले दावी गरिन । नेतृ कोइरालाले सबै समस्या समाधान गर्ने थलो संसद भएकोले मधेसी दलहरुले अधिकार माग्ने भए संसदमा माग्नु पर्ने सुझाव दिदै सिंहदरवार र संसद कसैले पनि घेर्न नपाउने गरी कानून बनाउनु पर्ने आवश्यकता औल्याईन । उनले भनिन,‘मधेसको समस्या समाधान गर्नु पर्छ तर त्यो संसदबाट खोजे मात्रै सम्भव छ ।’ नेकपा एमालेका नेता रघुवीर महासेठले प्रमुख दलका शिर्ष नेताहरु बसेर गरेको सीमांकनको आधार बैज्ञानिक, पहिचान वा सामथ्र्य कुनै पनि आधारमा नभएको भन्दै यसमा पुनःविचारको आवश्यकता रहेकोमा जोड दिए । उनले अधिकार माग्दा राष्ट्रियता विरोधी बनाएर हिजो राजाले गरेको जस्तो गल्ती दोहोर्याउन नहुने तर्क गर्दै बार्ताको टेबलमा बसेर जायज मागहरु पुरा गर्नु पर्ने धारणा राखे ।

एकीकृत नेकपा माओवादीका नेता प्रभु साहले मधेसको समस्या बार्ता र संबादबाट हल गर्न नसके संविधान कार्यान्वयन हुन नसक्ने भन्दै अब बार्ता गर्दा मधेसी नेताहरुसँग मात्रै नभई मधेसमा बसोवास गर्नेहरुसँग पनि राय लिनु पर्ने धारणा राखे । नेकपा माओवादी संयोजक मातृका यादवले मधेसलाई अधिकार नदिएसम्म मुलुकमा विकास र संविधानको कार्यान्वयन सम्भव नरहेको दावी गर्दै मधेसलाई समान अधिकार नदिएसम्म राष्ट्रियता नजोगिने मात्रै नभई मधेस आन्दोलनमा बल प्रयोग गरे विखण्डमा जाने चेतावनी दिए । उनले मधेस विखण्डनको पक्षमा नरहेको तर अधिकार दिन नखोज्नेहरु नै बिखण्डनकारी भएको दावी गर्दै मधेसको अधिकार सुनिश्चित नहुन्जेलसम्म आन्दोलन जारी रहने बताए ।

उठाएको माग संविधानको पुर्नलेखनमार्फत लिपिबद्ध नभएसम्म संविधान स्विकार्य नुहेन स्पष्ट पार्दै अहिलेकै अवस्थामा यो कुनै पनि हालतमा लागु हुन नसक्ने स्पष्ट पारे । उनले राष्ट्रियता बलियो बनाउन र अधिकारकोलागि आन्दोलन भएको भन्दै आफूहरुले उठाएको माग पुरा भए मात्रै भातृत्व, प्रेम, अखण्डता र राष्ट्रियता बलियो हुने दावी गरे ।उनले भने,‘ ओली राष्ट्रबादले कसैको पनि हित हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप