बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

प्रिति जिन्टाको बिहेभोजमा गलफ्रेन्ड लिएर पुगे सलमान

शनिबार, ०१ जेठ २०७३, १६ : ५५
शनिबार, ०१ जेठ २०७३
एजेन्सी–बलिउड नायिका प्रिति जिन्टाले आफ्नो बिहे भोजमा चर्चित नायक नायिकाहरुलाई निम्याइन् । यस पार्टीमा बलिउडका स्टारदेखि प्रितिका नजिकका साथिभाई तथा आफन्त उपस्थित थिए । तर उनले सञ्चारमाध्यमलाई भने पार्टीमा निम्ता गरिनन् । यसअघि उनको आईपिएल टिम पन्जाब इलेभेन पराजित भएपछि प्रशिक्षकलाई प्रिति जिन्टाले खाली गरेको खबर भारतीय सञ्चारमाध्यमहरुमा प्राथमिकताका साथ छापिएको थियो । त्यसैले प्रिति भारतीय सञ्चारमाध्यमसँग रुष्ट देखिएकी छिन् । प्रितिको विहेभोजका तस्विरहरु अहिले नै सार्वजनिक भएका छैनन् । ४१ वर्षकी प्रिति जिन्टाले १० वर्ष कान्छा अमेरिकी व्यापारी जीन गुडइनफसँग बिहे गरेकी हुन् । उनले २९ फेब्रअरीमा लस एन्जलसमा गोप्य रुपमा बिहे गरेकी थिइन् । जीन लस एन्जलसमा बस्छन् र उनी आर्थिक विश्लेषक हुन् । उनीहरुको बिहेभोजमा सलमान खान, शाहरुख खान, माधुरी दिक्षित, सुस्मिता सेन, महेश भूपति, लारा दत्त, लगायतको उपस्थित थियो । बिहेभोजमा सलमान खान आफ्नी गर्लफ्रेन्ड लूलिया वन्तूरसँग गएका थिए । पछिल्लो समय सलमान जहाँ जान्छन् लूलिया पनि सँगै हुन्छिन् । यसअघि एयरपोर्ट र क्रिकेट मैदानमा पनि लूलिया सलमानसँगै थिइन् । उनीहरु बिहिबार राती आगराको ताज महल पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप