भोली सिंहदरवार वरिपरी मुठभेडको सम्भावना
काठमाडौं – संघीय गठबन्धनले सिंहदरवार घेराउ गर्ने कार्यक्रममा कार्यकर्ता उपस्थित नहुने देखिएपछि घेराउ कार्यक्रमलाई छोट्याएको छ । शुरुमा सिंहदरवारलाई चारैतिर घेर्ने योजना भएपनि मधेस तथा पहाडका जिल्लाबाट कार्यकर्ता आउने छाँटकाट नदेखेपछि गठबन्धनले दुई वटा प्वाइन्टबाट मात्र घेर्ने योजना बनाएको छ ।
माइतीघर मण्डला र विजुलीबजार हनुमानस्थान गरी दुई वटा प्वाइन्टमा मात्र गठबन्धनका कार्यकर्ता रहने तयारी भएको गठबन्धनले जनाएको छ । त्यसअघि पुतलीसडक, भद्रकाली, अनामनगरलगायतको ठाउँमा धर्ना र प्रदर्शन गर्ने कार्यक्रम तयार थियो, तर खासगरि सिंहदरवारप्रति मधेसीको आकर्षण नदेखिएपछि गठबन्धनको योजना दुई वटा प्वाइन्टमा मात्र सिमित भएको छ ।
किन कम भयो आकर्षण ? संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका अन्य नेतालाई कुनै जानकारी नै नदिइकन आफैँ गठबन्धनको संयोजक बनेपछि मोर्चाका अन्य घटक दलहरु पनि रुष्ट बनेका छन् । अर्को कुरा मधेसी मोर्चालाई छायाँमा पारेर गठबन्धनलाई आन्दोलनमा अगाडि बढाउन उपेन्द्रको रणनीति थाहा पाएर मोर्चाका अन्य नेता महन्थ ठाकुर र राजेन्द्र महतोलगायतकाले गठबन्धनप्रति त्यति चासो देखाएका छैनन् ।
मधेसी मोर्चाका अन्य नेताबाट धोका हुने सम्भावना देखेपछि उपेन्द्र यादवले आफ्ना पार्टीका कार्यकर्तालाई अनिवार्य काठमाडौं आउन उर्दी गरेका छन् । साथै उनले आदिवासी जनजाति पार्टी तथा संगठनका कार्यकर्तालाई विशेष रुपमा परिचालन गरेका छन् ।
राजेन्द्र महतो र महन्थ ठाकुरलाई देखाउनका लागि पनि उपेन्द्र यादवले सिंहदरवार घेराउ कार्यक्रम सफल पार्न दिनरात खटेका छन् । उपेन्द्र यादवको नेतृत्वमा आज निस्केको र्यालीमा राजेन्द्र महतो अनुपस्थित थिए ।
के थियो योजना ? गठबन्धनले आन्दोलन घोषणा गरेपछि सिंहदरवार घेर्नका लागि ५० हजार कार्यकर्ता उतार्ने योजना बुनेको थियो । पछि गएर बाँडफाँड गर्दा २० हजारमा झर्यो । हिसाब गर्दा त २० हजार पनि नपुग्ने देखेपछि घेराउ गर्ने प्वाइन्ट कटौती गरेको बताइन्छ ।
गठबन्धनका एक नेताले भने, ‘२० हजारको योजना थियो, अब १० हजार कार्यकर्ता पनि आईदियो भने धेरै हुन्छ । गठबन्धनभित्र देखिएको अन्तरद्धन्द्वका कारण मधेसमा गठबन्धनप्रतिको आकर्षण घटेको छ । जिल्लामा रहेका पार्टीका मुख्य मुख्य कार्यकर्ताहरु मात्रै आउने भएका छन् । एउटा जिल्लाबाट सयका दरले आइ दिएपनि धेरै हुन्छ तर त्यो पनि सम्भवना देखिएको छैन ।’
उपेन्द्र र राजेन्द्रमा प्रतिस्पर्धा सिंहदरवार घेराउ कार्यक्रमको तयारीका लागि हिजो उपस्थित केन्द्रीय सदस्य तथा पदाधिकारीको बैठक बोलाएर सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले कुनै पनि हालतमा उपेन्द्रकोभन्दा बढि कार्यकर्ता र झण्डा बढी देखिनुपर्ने निर्देशन दिएका थिए ।
त्यसका लागि सद्भावना पार्टीले दुई हजार झण्डा बनाएको छ । उपेन्द्र यादवभन्दा बढी जनता र झण्डा देखाउनका लागि भाडामा भएपनि कार्यकर्ताको जोहो गर्ने भएका छन् । उता उपेन्द्रले पनि राजेन्द्रको कार्यकर्ताकाभन्दा कुनै पनि हालतमा संख्या कम देखिनुहुँदैन भन्दै पार्टीभित्र भनेका छन् र त्यही अनुसारको तयारी पनि भइरहेको छ ।
सिंहदरवार घेर्नका लागि महतोले हनुमानस्थान एरियाको जिम्मा लिएका छन् भने उपेन्द्र यादवले माइतीघर मण्डालको जिम्मेवारी लिएका छन् । यी दुई नेतालाई गठबन्धनका अन्य दलहरुले सघाउने बताइएको छ ।
प्रतिकारको तयारी घेराउको क्रममा प्रहरीले हस्तक्षेप गर्यो भने गठबन्धनका नेताहरुले प्रहरीलाई प्रतिकार गर्ने पनि तयारी गरेको छ । शान्तिपूर्ण घेराउ हुन्छ तर त्यसलाई प्रहरील जवर्जस्ती हस्तक्षेप गर्यो भने त्यसको जवाफ आफूहरुले पनि दिने गठबन्धनका संयोजक उपेन्द्र यादवले बताए ।
चुरे भावरको तयारी गठबन्धनले सिंहदरवार घेर्ने तयारी गरिरहँदा त्यसलाई विफल पार्ने तयारी चुरेभावर राष्ट्रिय एकता पार्टीले तयारी गरेका छन् । जनताको विशेष सरोकारको क्षेत्र सिंहदरवार भएका कारण गठबन्धनले घेर्यो भने त्यसलाई अवरोध गर्ने चुरेभावरका अध्यक्ष बद्री न्यौपानेले बताए । गठबन्धनले प्रतिकार गर्यो भने आफूहरु चुप लगएर नबस्ने न्यौपानेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण