बार्सीलोनाको खेलमा अडिएको ला–लिगा उपाधी होड
२५ वर्षका इशाअक कुइन्का बार्सीलोनाको युवा एकेडेमीका उत्पादन हुन् । आज राती नेपाली समयअनुसार ८ बजेर ४५ मिनेटमा ग्रानाडाको लुईभो लोस रंगशालामा उनले गोल गर्न सके बार्सीलोना पराजित हुनसक्छ । हार वा बराबरीको अर्थ बार्सीलोनाको उपाधी संकटमा पर्र्नु हो किनकी उही समयमा रियाल म्याड्रिडले अन्तिम खेलमा डिर्पोटिभोको सामना गर्दैछ । अन्तिम खेलमा रियालले जित निकालेपनि त्यो उपाधीका लागि पर्याप्त हुनेछैन् । रियालले उपाधी जित्न अन्तिम खेलमा उसलाई स्पष्ट ३ अंकसँगै बार्सीलोनाको हार वा बराबरी आवश्यक पर्नेछ ।
ग्रानाडाका स्ट्राइकर इशाअक कुइन्काले अन्तिम खेलमा गोल गर्दै बार्सीलोनाको उपाधी यात्रा संकटमा पारिदिने चेतावनी दिएका छन् । उनले भनेका छ –‘ म बार्सीलोनालाई देखाउन चाहन्छु ।’ इशाअक बार्सीलोनाकै एकेडेमीमा हुर्किएका खेलाडी हुन् । सन् २०१४ पछि उनी स्थायि रुपमा बार्सीलोनाबाट डिर्पोटिभो लाकोरुनामा सरुवा भए । त्यसपछि बुर्सासपोर हुदैँ उनी ग्रानाडा आइपुगेका हुन् ।
लुईस एनरिक्यूको प्रशिक्षणमा रहेको बार्सीलोना अहिले लिगको शीर्ष स्थानमा छ । बार्सीलोनाले ८८ अंक बटुलेको छ । यस्तो अवस्थामा अन्तिम खेलअघि ला–लिगाको उपाधी संभावना यस्तो छ ।
१ बार्सीलोना पराजित भएमा : अन्तिम खेलमा बार्सीलोना पराजित भए ८८ अंकमै सिमित हुनेछ । उता, डिर्पोटिभोसँग रियाल म्याड्रिड बराबरीमा रोकिए रियालको पनि ८८ अंक नै हुनेछ । बार्सीलोना हारका बाबजुद पनि बार्सीलोना हेड टु हेडमा अगाडी रहदैँ लिग च्याम्पियन बन्नेछ । २ बार्सीलोनाको बराबरी : बार्सीलोना बराबरीमा रोकियो भने उसको ८९ अंक हुनेछ । अर्को खेलमा रियालले जीत निकाल्यो भने रियालको ९० अंक पुग्नेछ । यसो हुन सके रियाल म्याड्रिड लिग च्याम्पियन बन्नेछ । तर रियाल पनि बराबरीमै रोकियो या पराजित भयो भने च्याम्पियन बार्सीलोना नै हुनेछ । त्यसैले बराबरी वा हारको अर्थ बार्सीलोनाका लागि एउटै हुनेछ । ३ बार्सीलोनाको जीत : बार्सीलोनाले अन्तिम खेलमा जीत निकाल्न सके उपाधी उसको हुनेछ । यस्तो हुन सके बार्सीलोना ९१ अंकसहित स्पेनिस च्याम्पियन बन्नेछ । ग्रानाडा विरुद्धको जीत अर्थ बार्सीलोना २४ औँ पटक च्याम्पियन हुनु हो । अन्तिम समयमा गोल गर्न चाहन्छन् इशाअक कुइन्का ‘खेलको अन्तिम खेलमा विजयी गोल गर्न पाए मेरा लागि त्यो अद्भूत हुनेछ । मलाई थाहा छ यस्तो अवस्थमा मेरा क्लाटलान साथिहरुले मलाई गाली दिनेछन् । तर म ग्रानाडाका लागि खेल्दैछु । त्यसैले बार्सीलोनालाई रोक्नु मेरो ठूलो उपलब्धि हुनेछ ।’ ग्रानाडाले विश्वकै शक्तीशाली क्लब बार्सीलोनालाई उपाधी अभियानमा रोकेर शनिबार विश्वसामू आफ्नो क्षमता प्रदर्शन गर्ने योजना बनाएको छ । पछिल्ला ६ खेलमा अपराजित रहेका कारण पनि ग्रानाडा निकै आत्मविश्वासी छ । तर बार्सीलोना विरुद्ध ग्रानाडाको हेड टु हेड नतिजा नियाल्ने हो भने उसको आत्मविश्वास बिलाएर जान्छ । पछिल्ला १७ लिग खेलमा ग्रानाडा बार्सीलोनासँग १५ पटक पराजित भएको छ । बार्सीलोनालाई ग्रानाडाले लिगमा अहिलेसम्म एकैपटक मात्रै हराएको छ । सन् २०१४ को अप्रिलमा बार्सीलोना ग्रानाडासँग १–० ले पराजित भएको थियो ।– लुईस सुआरेजले पछिल्ला ४ खेलमा १४ पटक विपक्षीको पोस्टमा प्रहार गरेका छन् । त्यसमध्ये ११ प्रहार गोलमा परिणत भए ।
–ग्रानाडाविरुद्ध मेसीले अहिलेसम्म खेलेका ८ मध्ये ५ खेलमा गोल गरेका छन् । उनले यसक्रममा दुई ह्याट्रिकसहित कूल ११ गोल गरे ।बार्सीलोना अन्तिम खेलमा आशावादी भएर संयमित ढंगले मैदानमा उत्रनेछ । बार्सीलोनाका स्टार खेलाडी लुईस सुआरेजले आफ्नो टोलीले यस खेललाई सामान्य रुपमा लिएको बताएका छन् । ‘हामीसँग निकै बलियो मानसिकता छ र हामीले त्यसलाई अन्तिम ९० मिनेट प्रयोग गर्न बाँकी छ ।’– सुआरेजले पत्रकार सम्मेलनमा भनेका छन् । ‘हामीले यस सिजन थुप्रै खेल जितिसकेका छौ र अवे खेलमा कसरी प्रस्तुत हुने भन्ने पनि हामीलाई थाहा छ । हामी लामो समय अविजित रह्यौ र एकैपटक हामीले धेरै खेल पनि गुमायौँ । त्यसका बाबजुद पनि पछिल्लो समय एकपछि अर्को जीत निकालेर हामीले आफ्नो छवि उस्तै छ भन्ने प्रमाणित गरेका छौ ।’– सुआरेजको भनाई छ । बार्सीलानोले गत जनवरीमा ग्रानाडालाई क्याम्प नोउमा ४–० ले हराएको थियो । उक्त खेलमा मेसीले ह्याट्रिक गरेका थिए भने नेइमारले थप एक गोल गरे । खेलअघिका केही तथ्य– – लुईस सुआरेजले पछिल्ला ४ खेलमा ११ गोल गरेका छन् । उनले १४ पटक पोस्टमा प्रहार गर्दा ११ वटा प्रयास सफल भए । – ग्रानाडाका सर्वाधिक गोलकर्ता युसुफ इल अरबीले यस सिजन १६ गोल गरेका छन् । – बार्सीलोनाले पछिल्ला ४ लिग खेलमा कुनै गोल खाएको छैन् । उसले यसक्रममा ५ दशमलव २५ को औसतमा गोल गरेको छ । – लियोनल मेसीले ग्रानाडा विरुद्ध खेलेका ८ खेलमध्ये ५ खेलमा गोल गरेका छन् । उनले ग्रानाडा विरुद्ध दुई ह्याट्रिकसहित अहिलेसम्म कुल ११ गोल गरे । – बार्सीलोनाले उपाधी जितिहाले पनि उसले पछिल्ला ४ पटक लिग उचाल्दाको भन्दा कम अंक हासिल गर्नेछ । अन्तिम खेलमा जीत हासिल गरे बार्सीलोनाको ९१ अंक हुनेछ । पछिल्ला चार सिजन लिग जित्ने क्रममा बार्सीलोनाले ९९,९६,१०० र ९४ अंक बुटुलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण