पूर्वाञ्चल सुन्दरीहरुसँगै भेडेटार क्यालेन्डरमा
धनकुटा–पूर्वको चर्चित पर्यटकिय स्थल भेडेटारको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भेडेटारका पर्यटकीय स्थलहरु समेटेर नेपाल आईस क्यालेन्डर निर्माण गरिएको छ । शनिबार भेडेटारमा आयोजित लोकार्पण कार्यकर्ममा उक्त क्यालेन्डर सार्वजनिक गरिएको छ ।
मिस पूर्वाञ्चलका विजेताहरु प्रियंका श्रेष्ठ, नेमिता आङ्बुहाङ, नेहा बजाज, सेकेन्ड रनरअप प्रमिसा बज्राचार्य, फस्ट रनरअप अनु राईले मोडलिङ गरेको क्यालेन्डरको फोटोहरुको पृष्ठभूमिमा भेडेटारका चर्चित पर्यटकीय स्थलहरु नमस्ते झरना, शंखेश्वर मन्दिर, पाथिभरा मन्दिर, आत्माघर, नाम्जे होमस्टेलाई समेटिएको छ । क्यालेन्डरका लागि गत चैतमा भेडेटारका पर्यटकीय स्थलहरुमा फोटोसुट गरिएको थियो । ड्रेस डिजाईनर ईशु मगरले मोडलहरुका लागि पोशाकहरु तयार पारेकी थिईन् भने निसुङ्मा ब्युटि सोलुसन धरानले मेकअप तथा फोटोग्राफर नरेन कुलुङले फोटो सुट गरेका थिए । सिल्भर इन्टरटेन्मेन्टले होटल एसोसिएसन भेडेटारको सहकार्य तथा नेपाल आईस वियरको प्रायोजनमा क्यालेन्डर तयार पारेको हो ।
कार्यक्रममा भेडेटार गाविसका सचिव नारायणप्रसाद खनाल, नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राई, होटल एसोसिएसन भेडेटारका अध्यक्ष लीलाराज लावती, सिल्भर इन्टरटेन्मेन्टका अध्यक्ष दिपक बनेपाली, गायक एपी शेर्पा र नवराम राई, मिस पूर्वाञ्चल तथा भेडेटारकी पर्यटन सद्भावनादुत प्रियंका श्रेष्ठ र सेकेन्ड रनरअप प्रमिसा बज्राचार्यले क्यालेन्डर सार्वजनिक गरे । क्यालेन्डर प्रकाशनले नयाँ अनुभवसँगै भेडेटारका पर्यटकीयस्थलको प्रचार प्रसार गर्न ठूलो मद्दत पुग्ने मिस पूर्वाञ्चल श्रेष्ठले बताईन् । भेडेटारको पर्यटन प्रवद्र्धनका लागि हरेक नयाँ–नयाँ कार्यक्रम गर्ने क्रममा यसपटक मिस पूर्वाञ्चलका मोडलहरु सहभागी गराएर फोटोसुट गरी क्यालेन्डर प्रकाशन गरिएको होटल एसोसिएसन भेडेटारका अध्यक्ष लावतीले बताए । उनले भने, ‘यसले यहाँको पर्यटन विकासमा मद्दत पुग्न भन्ने विश्वास छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण