राष्ट्रिय सहमति अपरिहार्य : नेता खनाल
शनिबार, ०१ जेठ २०७३, २० : १५
झापा– पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमति अपरिहार्य भएको बताएका छन् ।
युवासङ्घ नेपालको झापा शाखाले सङ्घको २६औँ स्थापना दिवसको अवसर पारेर विर्तामोडमा आज आयोजना गरेको पुराना कम्युनिस्ट कार्यकर्ताको सम्मान कार्यक्रममा बोल्दै नेता खनालले त्यस्तो धारणा व्यक्त गरेका हुन् ।
“कुनै एउटा दलको मात्र बहुमत छैन”– सबै दललाई राष्ट्रिय सहमतिमा आउन आह्वान गर्दै उनले भने– “नेकपा एमाले सहमतिका लागि तयार छ ।” उनले नेपाली काँग्रेसलाई समेत राष्ट्रिय सहमतिमा आएर संविधान कार्यान्वयनमा इमान्दार बन्न आग्रह गरे ।
कार्यक्रममा झापा विद्रोहयता २०४६ साल अघि कम्युनिस्ट पार्टीको सदस्यता लिएका नेकपा एमालेका सयौँ नेता तथा कार्यकर्तालाई सम्मान तथा अभिनन्दन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण