ला-लिगाको उपाधी बार्सिलोनालाई, स्पेनका नेपालीहरु खुशियाली मनाउँदै
स्पेन – स्पेनको फुटबल लीग ला-लिगाको उपाधि बार्सिलोनाले जितेको छ । लीगको अन्तिम खेलमा ग्रानाडालाई ३-०ले पराजित गर्दै बार्सिलोनाले उपाधि हात पारेको हो । ग्रानाडाबिरुद्धको खेलमा २२ औं मिनेटमा लुईस स्वारेजले गोल गर्दै बार्सालाई अग्रता दिलाएका थिए । त्यसैगरि ३८ औं मिनेटमा स्वारेजले गोल गर्दै २-०को अग्रता दिलाए भने फेरि पनि स्वारेजले ८६ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।
यो उपाधिसँगै बार्सिलोनाले २४ औं पटक ला-लिगाको उपाधि जितेको छ । ३८ खेलमा ९१ अंकका साथ बार्सिलोना प्रथम भयो भने उती नै खेलमा ९० अंकका साथ रियाल म्याड्रिड दोस्रो स्थानमा रहेको छ । ४० गोल गर्दै बार्साका लुईस स्वारेज ला-लिगा २०१५(१६ का सार्वाधिक गोलकर्ता भएका छन् । रियाल म्याड्रिडका क्रिष्टियानो रोनाल्डो ३५ गोल गर्दै दोस्रो स्थानमा रहेका छन् । त्यसैगरि बार्साका लियोनल मेस्सी २६ गोल गर्दै तेस्रो स्थानमा रहेका छन् । क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको नाममा लगातार छैठौं सिजन रहिरहेको सार्वाधिक गोलकर्ताको उपाधि स्वारेजको नाममा गएको छ ।
दोस्रो स्थानमा चित्त बुझाउनुपरेको रियाल म्याड्रिडले डेपोरटिभोला कोरुनालाई २-० गोलले पराजित गरेको छ । रियालका लागि दुवै गोल रोनाल्डोले गरेका थिए । खेलको ७ औं र २५ औं मिनेटमा रोनाल्डोले गोल गरेका थिए । ला-लिगामा दोस्रो स्थानमा चित्त बुझाएको रियालले च्याम्पियन्स लिग फाईनलमा एथ्लेटिको म्याड्रिडको सामना गर्नेछ ।
त्यस्तै बार्सिलोनामा रहेका बार्सा समर्थित नेपाली शुभचिन्तकहरुले खुसियाली मनाएका छन् । घरमा बसेर एक्लै फुटबल हेर्न लागेका दिपक खरेलले ला लिगा फाइनल फेसबुक ग्रुप खोलेर सबै शुभचिन्तकसँग खुशीयाली साटासाट गरेका थिए । त्यस्तै गङ्गा भुसाल , सालिग्राम डुम्रे, मुक्त गुरुङ , लक्ष्मन शर्मा , डायमण्ड सापकोटा , बिराज शर्मा , देउ गुरुङ , हिमाल शर्मा, दावा ऋषि श्रेष्ठ, रंजन वस्ती, राजु थापा लगायत थुप्रै बार्सा समर्थित नेपालीहरुले ला-लिगाको उपाधि बार्सिलोनाले जितेकोमा खुशियाली व्यक्त गरेका छन् । जुन टिमलाई समर्थन गर्यौ उसैले उपाधि चुम्दा मन देखिने खुसी लाग्ने रहेछ बार्साका शुभचिन्तक दिपक खरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण