गर्खाकोटीहरु विकास माग्दै गृहमन्त्रालयमा
जाजरकोट–यहाँका स्थानीयले काठमाडौं पुगेर गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई आफ्नो ठाउँमा विकास निर्माणमा ध्यान दिन अनुरोध गरेका छन् । जाजरकोटदेखि काठमाडौं गृहमन्त्रालय आएर जिल्लाको गर्खाकोट गाविसका स्थानीयले यस्तो माग गरेका हुन् ।
स्थानीय वीरवहादुर रावतको नेतृत्वमा आएको सर्वदलिय टोलीले आफ्नो गाविसमा टेलिफोन टावर, सडक, विद्युत, स्वास्थ्य चौकीमा नियमित स्वास्थ्यकर्मी हुनुपर्ने र गाविसको सबै ठाउँमा स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिएकोले गर्खाकोट वडा नम्बर–८ मा स्वास्थ्य संस्था थप गर्नुपर्ने माग समेत गरेका छन् ।
जिल्लामा खाद्य संकट देखापरेको भन्दै यहाँका स्थानीयले तत्काल खाद्य आपूर्तिको व्यवस्था गर्न माग गरेका छन् । डेलिगेशनमा आएका सर्वदलिय सो टोलीलाई गृहमन्त्री शक्तिबहादुर बस्नेतले खाद्य संकट गर्न जिल्लामा कामका लागि खाद्यान्न कार्यक्रम लागु हुने र नेपाल खाद्य संस्थानमार्फत तत्काल आपूर्तिको व्यवस्था गर्ने आश्वासन दिए ।
मन्त्री बस्नेतले आउँदो आर्थिक वर्षमा जिल्लाका खलंगादेखि पाँचकाटियासम्म, छेडा थलल, खलंगा दल्लीसम्मको सडक पिच गने चरणमा पुगेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण