समय अगावै प्रसवः धूमपान प्रमुख कारण
भक्तपुर– समय अगावै प्रसव सुरु हुनामा गर्भवतीले गर्ने धूमपान एक प्रमुख कारण भएको सरोकार भएकाहरुले बताएका छन् ।
स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल, भक्तपुर र चित्तपोल सामुदायिक अध्ययन केन्द्रले शुक्रबार आयोजना गरेको कार्यक्रममा विज्ञले गर्भवतीका नजिक अन्य व्यक्तिले गर्ने धूमपानले समेत महिलाको प्रसव समयलाई असर गर्ने बताए ।
गर्भवती र बालबालिकाको नजिकै गरिने धूमपानको धुवाँले सेवनकर्तालाई भन्दा नजिकै बसेकाहरुको स्वास्थयमा ४० गुणा बढी असर गर्ने बताइएको छ ।
कार्यक्रममा स्त्रीरोग विज्ञ डा कृष्णप्यारी दुगुजुले नौ महिना नपुग्दै प्रसव व्यथा लागेर अस्पताल आउनेको सङ्ख्या बढ्नाको प्रमुख कारणमध्ये एक अप्रत्यक्ष धूमपान रहेको बताए । दिन नपुग्दै व्यथाले च्यापिनेको यकिन तथ्याङ्क नभएकाले अनुसन्धानको खाँचो आँैंल्याउँदै उनले भ्रूण तुहिनाको प्रमुख कारण पनि अप्रत्यक्ष धूमपान रहेको जानकारी दिए ।
सिद्धार्थ ज्योति नेपालको संयोजनमा भएको सो कार्यक्रममा डा दुगुजुले नेपालमा गर्भवती अवस्थामा धूमपान गर्नुहुन्न भन्ने सन्देश पुगे तापनि गाउँघरमा गर्भवतीले सुर्तीयुक्त गुट्खा र पान सेवन गर्ने प्रवृत्तिले आमा र शिशुको स्वास्थ्यमा नकारात्मक असर गरिरहेको बताए । उनले भने , “श्रीमान् र सासूससुराले गर्भवतीकै छेउमा धूमपान गरिदिँदा अप्रत्यक्ष धूमपान हुन गई बच्चाको टाउको ठूलो हुने, सुस्त मनस्थितिको बच्चा जन्मिने, गर्भ तुहिने, शिशु र आमाको रोगप्रतिरोधात्मक क्षमता ह््रास भइरहेको छ ।”
कार्यक्रममा चित्तपोल स्वास्थ्य चौकीका इन्चार्ज खेमनन्द पौडेलले प्रत्यक्ष र अप्रत्यक्ष धूमपानका कारण गर्भवतीले जन्म दिएको शिशुको तौलमा कमी आउने, पूर्ण रुपले विकास नभइकन शिशु जन्मने खतरा हुने र शिशुमा दीर्घकालीन रोग निम्तिने जानकारी दिए । उनले समुदायको सहयोगमा कम्तीमा स्वास्थ्य चौकीको वरपरलाई सुर्ती निषेधित क्षेत्र घोषणा गरिने प्रतिबद्धता जनाए ।
सञ्जालका जिल्ला संयोजक रत्नश्वरी चवालले नेपालमा ३७ प्रतिशत महिलाले प्रत्यक्ष धूमपान गर्ने गरेको जानकारी दिइन् । विगतमा गाउँघरका महिलाले नबुझेका कारण र सहरी महिलाले सौखिनता प्रदर्शन गर्न मात्र धूमपान गर्ने गरेकामा हाल धूमपानसेवनकर्तामा शिक्षित किशोरीको सङ्ख्या बढ्नाले चिन्तित तुल्याएको बताइन् ।
हिन्दी र पश्चिमा चलचित्र अनि युट्युबमा पाइने सी ग्रेडका अश्लील नेपाली छोटा चलचित्रमा नायिकाले धूमपान गर्ने दृष्य अधिक हुँदा किशोरीलाई सुर्ती सेवन गर्न उक्साएको उनको ठम्याइ छ । “यसलाई नियन्त्रण गर्न सरकारले कानुनको कार्यान्वयनमा तदारुकता देखाउनुपर्छ,” उनले भनिन् ।
चित्तपोल सामुदायिक अध्ययन केन्द्रका मनशोभा त्वाती र देउजागाउँ माविका निमित्त प्रअ निर्मल माकले आफ्नो गाउँघरका सार्वजनिक ठाउँलाई धूमपान निषेधित क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरिन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेनद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन
-
फुटबलको महासङ्ग्राम : इंग्ल्याण्ड-अर्जेन्टिना दुश्मनीको कथा कहाँबाट सुरु भयो ?
-
२५ वर्षे विकासको मार्गचित्र कोर्न योजना आयोगले ‘भिजन २०५०’ को अवधारणामा काम सुरु गर्ने
-
मागेको जुत्ताले १३ गोलको कीर्तिमान : जसले 'गोल्डेन बुट' होइन 'एयर राइफल' पाए
-
सभामुखले विपक्षी दलहरूको नाडी छाम्ने काम नगरून् : आङ्देम्बे
-
एक महिनामै सेलायो स्पेसएक्सको आईपीओमा लगानीकर्ताको उत्साह, अब के होला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण