अन्तर-कलेज साइबर सुरक्षा प्रतियोगिता ‘कवच: क्याप्चर द फ्ल्याग’ सम्पन्न
सारांश
- नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) को सीआईटीसीले 'कवच: क्याप्चर द फ्ल्याग' नामक अन्तर-कलेज साइबर सुरक्षा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ।
- प्रतियोगितामा नेपालका विभिन्न कलेजका ३० टोलीका ५३ विद्यार्थी सहभागी थिए, जसको उद्देश्य साइबर सुरक्षा सम्बन्धी सचेतता र सिकाइ विस्तार गर्नु थियो।
- सफ्टवेरिका कलेजको 'प्रिजम' टोली प्रथम, सोही कलेजको 'सुडो सिब्लिङ्स' टोली दोस्रो र टेक्सस कलेजको 'कोजी बियर्स' टोली तेस्रो भएको छ।
ललितपुर । नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) को कम्प्युटर इन्जिनियरिङ एन्ड टेक क्लब (सीआईटीसी) ले अन्तर-कलेज साइबर सुरक्षा प्रतियोगिता 'कवच: क्याप्चर द फ्ल्याग' सफलतापूर्वक सम्पन्न गरेको छ।
बालकुमारीस्थित कलेजमा आयोजित उक्त कार्यक्रम नेपाल टेक कम्युनिटी (एनटीके) सँगको सहकार्य र 'वाईथ्रीटीआई@सेक' को प्राविधिक साझेदारीमा सञ्चालन भएको हो।
नेपालका विभिन्न कलेजका प्रविधिप्रेमी विद्यार्थीहरूमाझ साइबर सुरक्षा सम्बन्धी सचेतता, व्यावहारिक सिकाइ र सञ्जाल विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रति टोली बढीमा दुई जना सहभागी हुन पाउने व्यवस्था गरिएको यस प्रतियोगितामा कुल ३० वटा टोलीका ५३ जना विद्यार्थी सहभागी थिए। जसमा सात वटा एकल टोली र २३ वटा दुई जना सदस्य भएका टोली सामेल थिए। प्रतियोगितामा सफ्टवेरिका कलेज, हेराल्ड कलेज, टेक्सस कलेज, किस्ट, एनसीआईटी, ट्रिनिटी, शङ्करदेव र कसमस लगायतका विभिन्न कलेजका विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए।
तीव्र प्रतिस्पर्धाका बिच सफ्टवेरिका कलेजको 'प्रिजम' टोली ४२५२ अङ्क प्राप्त गर्दै प्रतियोगिताको प्रथम हुन सफल भयो। प्रथम हुने टोलीले टेकएक्सिसको तर्फबाट शतप्रतिशत निःशुल्क कोर्स, नगद पुरस्कार र गिफ्ट ह्याम्पर प्राप्त गर्यो।
यसैगरी सफ्टवेरिका कलेजकै 'सुडो सिब्लिङ्स' टोली दोस्रो भयो। जसले टेकएक्सिसको कोर्समा ५० प्रतिशत छुट र नगद पुरस्कार प्राप्त गर्यो। टेक्सस कलेजको 'कोजी बियर्स' टोलीले तेस्रो स्थान हासिल गर्दै टेकएक्सिसको कोर्समा ३० प्रतिशत छुट र नगद पुरस्कार हात पार्न सफल भयो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण