बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

भारतीय नेतृमाथि बलात्कारको धम्की

आइतबार, ०९ जेठ २०७३, २१ : ०२
आइतबार, ०९ जेठ २०७३

नयाँ दिल्ली – भारतीय कांग्रेसकी प्रवक्ता प्रियंका चतुर्वेदलीले आफुलाई बलात्कारको धम्की आएको बताएकी छिन् । उनले ट्वीटरमार्फत यस्तो धम्की दिनेका विरुद्ध मुम्बई पुलिसमा उजूरी समेत गरेकी छिन् । कसरी आयो धम्की ? चतुर्वेदीले एक ब्लगमा लेख लेख्दै आफूमाथि निर्भयालाई जसरी बलात्कार गर्ने भनेर ट्वीटरमा धम्की आएको खुलासा गरेकी छिन् । उनका अनुसार भारतीय जनता पार्टीका एक प्रवक्ताले यसअघि नै टिभी बहसका क्रममा चुप लाग्न इशारा गरेका थिए । चतुर्वेदीले एक महिला भएका कारण सामाजिक सञ्जालमा सक्रिय हुनु कुनै नराम्रो विषय नरहेको बताएकी छिन् ।उनले एक अलग विचार राख्नेहरुले आफूलाई यस्तो धम्की देखाएको भन्दै धम्कीले नआत्तिने बताएकी छिन् । उनले आफ्नो लेखमा कानूनले यस्ता विषयमा तत्काल कारबाहीको व्यवस्था नराखेको भन्दै गुनासो गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप