बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

ट्वीटरमा सबैभन्दा आगाडि अमिताभ

आइतबार, ०९ जेठ २०७३, २१ : ०६
आइतबार, ०९ जेठ २०७३
मुम्बई – बलिउड अभिनेता अमिताभ बच्चन ७३ वर्षका भए । तर अझै पनि उनका फ्यान कम छैनन् । उनले ट्वीटरमा सबैभन्दा धेरै फलोअर बनाउने मामिलामा बलिउडका अन्य सबै सेलिब्रेटीलाई पछि पारेका छन् । ट्वीटरमा अमिताभका फलोअर्स २ करोड १० लाख पुगेका छन् । उनले सन् २०१० को मेइमा ट्वीटर अकाउन्ट खोलेका थिए । अमिताभपछि ट्वीटरमा शाहरुख खानका झन्डै १ करोड ९० लाख ६० हजार, सलमान खानका १ करोड ७० लाख ८० हजार, आमिर खानका १ करोड ७० लाख ६० हजार तथा प्रियांका चोपडाका झन्डै १ करोड ४० लाख फलोअर्स छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप