बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

तनावमा रणवीरकी ‘दिल्लीवाली गर्लफ्रेन्ड’

आइतबार, ०९ जेठ २०७३, २१ : २०
आइतबार, ०९ जेठ २०७३

मुम्बई – रणवीर कपूर फेरि आफ्नो प्रेम सम्बन्धका कारण चर्चामा छन् । कैट्रिना कैफसँग सम्बन्ध तोडिएपछि उनी दिल्लीमा बस्ने भारती मल्होत्रा नामकी एक मोडलसँगको प्रेमका कारण चर्चामा छन् । तर मल्होत्रालाई भने रणवीरसँग नाम जोडिदा समस्या भएको छ । उनले स्पष्टीकरण दिदैँ रणवीरसँग कहिल्यै नभेटेको बताएकी छिन् । उनले भनेकी छिन् : – मलाई रणवीर मन पर्दैन । म उनको फ्यान समेत होइन । – मैले रणवीरलाई कहिल्यै भेटेको छैन् । उनीसँग डेटको कुरा त धेरै पर । – तर यि सबै कुराले मलाई तनाव भइरहेको छ । – मलाई उनको काम पनि मन पर्दैन । उनी राम्रा अभिनेता हुनसक्लान् , तर मलाई उनको काम मन पर्दैन । म कहिल्यै उनको फ्यान भइँन । – मलाई थाहा छैन कसरी मेरो नाम रणवीरसँग जोडियो – मलाई लागेको थियो कसैले मसँग ठट्टा गर्दैछ । तर अहिले मलाई थाहा भइरहेको छ कि सबैले दिल्लीमा बस्ने रणवीरकी गर्लफ्रेन्ड भनेर मेरो नाम प्रचार गरिरहेका छन् । – इन्टरनेटमा समाचार पढेर म स्तब्ध छु । फेसबुकका मेरा तस्विरहरुलाई थुप्रै रिर्पोटरहरुले प्रयोग गरेका छन् । – मलाई यो पनि थाहा छैन कि यसको समाधान कसरी गर्ने ? तर अब मलाई यो झमेलाबाट बाहिर निस्किएर दुविधाहरु हल गर्नुछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप