बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

तीन सय अठहत्तर आरोही सगरमाथाको चुचुरोमा

आइतबार, ०९ जेठ २०७३, २२ : २१
आइतबार, ०९ जेठ २०७३
काठमाडौँ, ९ जेठ - सगरमाथा आरोहण प्रारम्भ भएको १२औँ दिन आज २५ स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । यसअघि शनिबार ५० भन्दा बढी स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए । यससहित वसन्तऋतुको यो मौसममा आजसम्म ३७८ स्वदेशी तथा विदेशी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । आज २५ जना आरोहीले सगरमाथाको सफल आरोहण गरेको र कुन देशका कति आरोही चुचुरोमा पुगे भन्नेबारे यकिन विवरण आइनसकेको पर्यटन विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार सगरमाथा आरोहण गर्ने क्रममा शनिबार दिउँसो भारतका चार जना आरोही सम्पर्कविहीन भएको र तीमध्ये दुईजना सम्पर्कमा आएका छन् । बुझिएअनुसार भारतको कोलकाता प्रहरीका प्रहरी निरीक्षक गौतम घोष र अर्का परेशचन्द्र नाथ अझै सम्पर्कविहीन रहेका छन् । वसन्तऋतुको यस मौसममा गत वैशाख २९ गतेदेखि आरोहण सुरु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप