धम्क्याएर पैसा माग्ने प्रहरी फन्दामा
आइतबार, ०९ जेठ २०७३, २२ : ३९
काठमाडौं–फरक फरक मोवाईल नम्बर प्रयोग गरेर धाक–धम्की देखाउँदै पैसा माग्ने दुई युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । झापाको शुरुङ्गा स्थायी घर भएर हाल राजधानीको नयाँ बानेश्वर बस्दै आएका ३६ बर्षिय ताराविर वि.क. लाई धक्क्याएर पैसा माग्ने खोटाङका पुष्पराज राई र हस्तराज राईलाई महानगरीय अपराध महाशाखाको टोलीले आईतबार बुद्धनगरबाट पक्राउ गरेको हो ।
यसबारे आवश्वक अनुसन्धान भईरहेको महाशाखाले जनाएको छ । खोटाङ फेदिगा वडा नं २ स्थायी घर भएका पुष्पराज र हस्तराज ललितपुरको हरिसीद्धी बस्दै आएका थिए । उनिहरुको साथबाट पाँच थान मोवाईल र पैसठ्ठी हजार नेपाली रुपैयाँ बरामद गरिएको महाशाखाले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण