बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

प्रचण्ड अस्ट्रेलिया आउँदै : एनपिपिएफ अस्ट्रेलियाको राष्ट्रिय महाधिवेशन तयारी तीव्र

सोमबार, १० जेठ २०७३, ०८ : ५८
सोमबार, १० जेठ २०७३

सिड्नी – नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाको जुन १७ र १८ मा हुने तेस्रो राष्ट्रिय महाअधिवेशनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष्य प्रचण्ड अस्ट्रेलिया आउने भएका छन् । महाधिवेशनका साथै उनले अष्ट्रेलियामा उच्स्तस्तरीय कुटनीतिक तथा राजनीतिक भेट्घाट गर्ने आयोजकले जानकारी दिएका छन् ।

नेपाली जनप्रगतिशिल मञ्च अष्ट्रेलियाको तेस्रो राष्ट्रिय अधिवेशन तयारीका सन्दर्भमा न्यू साउथ वेल्स राज्यका लागि सिड्नीस्थित प्याद्स्त्वमा शनिबार सम्पन्न भएको अधिवेशनले चुन्ना छेत्रीको नेतृत्वमा २१ सदस्यिय राज्य समिति गठन गरेको छ ।

त्यस्तै सदस्यहरुमा बिष्णु सिलवाल, सामना पौडेल, टिएन अर्याल, मिरोल खनाल, अर्जुन लम्साल, भरत न्यौपाने, रविन्द्र ढुंगाना, हेमन्त घिमिरे, गम्भिर सापकोटा, शुक्रराज बराल, जीवन न्यौपाने, वामदेब पौडेल, राजन थापा, अनिल पौडेल, विजय पण्डित, मन्जु कुँवर र मुक्ती निरौला चुनिएका छन् । यस समितिमा थप तीन जना मनोनयन भने पछि गर्ने राष्ट्रिय महाधिवेशन आयोजक समितिका सह–संयोजक हिमलाल गैरेले जानकारी दिए ।

उक्त अधिवेशनलाई सम्बोधन गर्दै गैरेले राष्ट्रिय महाधिवेशन सफल पार्दै मञ्चलाई सशक्त र अष्ट्रेलियाव्यापी रूपमा अगाडी बढाउन सबैको एकताबद्दता र संयुक्त प्रयासले मात्र सम्भव हुने भएकाले त्यसका लागि राज्यस्तरीय समिती निर्माणलाई तिब्र पारेको बताए । न्यु साउथ वेल्स राज्य समिति गठन लगत्तै कुइन्स्ल्यान्ड राज्य र मेल्बर्न राज्यमा पनि मे महिना भित्र गठन प्रकृया सम्पन्न गर्ने जानकारी दिए ।

उक्त कार्यक्रममा पत्रकार मनऋषी धितालले शुभकामना दिँदै यो कार्यक्रमले जनप्रगतिशिल मञ्चका आगामी दिनका कार्यक्रमलाई प्रेरणा दिने र यस मञ्च क्रियाशिल हुनेछ भन्ने विश्वास व्यक्त गरेका थिए । त्यसैगरी नेपाली समुदायका नेता शेषमणी शर्माले राष्ट्रिय महाधिवेशन भव्यरुपमा सफल बनाउन सबैलाई आग्रह गर्दै आफनो प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसैगरी पूर्व–अध्यक्ष प्रविण कंडेललगायतले आफ्नो मन्तव्यसहित नयँ नेतृत्वलाई शुभकामना व्यक्त गर्दै यो मञ्चको स्थापना कालमा निकै चुनौती रहे पनि अहिले उत्साहप्रद भएकोले सबैले सकृय रुपमा लाग्नुपर्ने अवस्था आएको बताए ।

कार्यक्रमको सन्चालन टंक सापकोटाले गरेका थिए भने कार्यक्रमका सभापति चुन्ना छेत्रीले अधिवेशनलाई उत्साहजनक ढंगले सफल पार्न सम्पूर्ण सद्स्य, समर्थक तथा शुभचिन्तक साथिहरूको सकृय र अनिवार्य उपस्थितिको लागि अनुरोध गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप