प्रहरीले सूचना लुकाएको पत्रकारको आरोप
उदयपुर – उदयपुरका पत्रकारहरुले प्रहरीले सुचना लुकाउने गरेको आरोप लगाएका छन । पत्रकारलाई आवश्यक सुचनाहरु जिल्ला प्रहरी कार्यालय उदयपुरले गुपचुप राख्ने गरेको आरोप पत्रकारले लगाएका हुन् ।
पत्रकारमार्फत दुर्घटना तथा अपराधका घटना सार्वजनिक गर्दा प्रहरीको स्वार्थमा कानुनी प्रक्रिया बढाउन समस्या पर्ने भएकाले सूचना सार्वजनिक नगरिएको हो । प्रक्राउ परेकाहरुसँग लेनदेन गर्न सजिलोको लागि प्रहरीले अनुसन्धानमा असर नपर्ने सुचनाहरु नियमित रुपमा पत्रकारलाई दिने गरिएको भएपनि हाल घटना लुकाउन थालेको पत्रकारहरुको आरोप छ ।
पत्रकार महासंघ शाखा उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेतले जिल्लामा घटेका घटनाहरुको बारेमा पुष्टी गर्न सम्पर्क गरेपनि प्रहरी प्रमुख र सूचना अधिकारीबाट पत्रकारहरुको फोन रिसिभ नहुने समस्या साथीहरुबाट आएको बताए ।
अध्यक्ष बस्नेतले भने, ‘पत्रकार साथीहरुबाट सामान्य घरेलु हिंसा, सडक दुघर्टनाका, लागुऔषध, ठगी, जस्ता प्रहरी कार्वाहीको विवरण पनि पाउन समस्या भएको छ ।’ पत्रकारहरुले जिल्लाको घटनाको बारेमा पूर्व–क्षेत्रिय प्रहरीको फेसबुक पेजबाट जानकारी लिनुपर्ने अवस्था रहेको बताए ।
स्थानीय वरुवा दैनिकका पत्रकार सुखीलाल चौधरी र एविसी टेलिभिजनका पत्रकार विदुर कटुवालको पीडा पनि उस्तै छ । गतहप्ता त्रियुगा नगरपालिकाको ११ नम्बर वडाबाट इलाका प्रहरी कार्यालयले लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गर्या तर सो विषयको सूचनालाई पुष्टी गर्न बारम्बार सूचाना अधिकारी प्रहरी नायव उपरिक्षक ओम रानालाई पटक पटक–पटक फोन गर्दा समेत सम्पर्क हुन नसकेको बताए । पत्रकार कटुवाल र चौधरीले भने ‘फोन गएर नउठ्नु त सामान्य हो अहिले त सूचनाको पुष्टी गर्न अफिसको नम्बरमा सम्पर्क गर्यो ‘तपाईले सम्पर्क गर्नुभएको टेलिफोन नम्बर मिलेन’ भन्ने सन्देश आउछ ।’
जिल्ला प्रहरीका सूचना अधिकारी डिएसपी ओम रानाले कार्यालय इन्टरनेट बिग्रिएकाले पत्रकारलाई इमेलमार्फत दिने सुचनामा कमी आएको स्वीकार गरे । ‘हामीमा इन्टरनेटको समस्या आएकाले इमेल गर्न सकेको छैनौं ।’ डिएसपी ओम राना मगरले भने, ‘यहाँ आए वा फोन गरे पाईन्छ ।’ यस विषयमा पटक–पटक एसपी नरबहादुर केसीलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेको थिएन । डिएसपी मगरले भने, ‘एसपी साव मिटिङमा भएर हो ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण