औपचारीक रुपमै यार्सागुम्बा संकलन सुरु
डोल्पा – डोल्पामा आजदेखि औपचारिक रुपमा बहुमुल्य जडिबुटीको संकलन कार्य सुरु भएको छ । यसको लागि जुम्ला, जाजरकोट, रुकुम, रोल्पा, प्युठान, बाँकेलगायतका विभिन्न जिल्लाहरुबाट सर्वसाधारणहरु आएका छन् ।
शे—फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्ने भोक्पा, भाङ्का, सागबारी, ताक्सी, डोक्पा, कुनार, प्यारी भोक्पालगायतका १ सय धेरै पाटनहरुमा आजबाट नियमअनुसार यार्सागुम्बा संकलन कार्य सुरु भएकोे निकुञ्जका संरक्षण अधिकृत रामदेव चौधरीले बताए ।
जेठ सात गतेदेखि नै संकलन पुर्जी वितरक कार्य सुरु भइरहेकाले पाटन जाने सबैलाई संकलन पुर्जी लिएर मात्र पाटन जान आग्रह गरे । पाटनमा निकुञ्जबाट अनुगमनमा गएको टोलीले कोही कसैलाई संकलन पुर्जी नलिएको भेटाएमा आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइने जानकारी समेत दिए ।
जिल्लाका पन्ध्र स्थानबाट संकलन पुर्जी वितरण भइरहेको उनले बताए । सुलीगाढबाट मात्रै ८ र ९ गतेभित्र ११ सय ४४ वटा संकलन पुर्जी वितरण भएको र यसबाट १२ लाख ३९ हजार राजश्व संकलन भएको उनले बताए । थप १४ वटा स्थानबाट जानकारी आउन बाँकी रहेको समते उनले जानकारी दिए ।
यस बर्ष संकलनकर्ताहरु धेरै कम डोल्पा आएकाले गत बर्षको तुलनमा ३० देखि ४० प्रतिशतले राजश्व संकलनमा कमी आउने अनुमान गरिएको उनले बताए ।
निकुञ्जको क्षेत्रमा नपर्ने रुपपानी, पोखेपानी, साईकमारीजस्ता यार्सागुम्बा पाटनहरुमा भने वन समितिको नियमअनुसार १५ गतेदेखि मात्र संकलन कार्य सुरु हुने बताइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण