भारतीय कामदारको भरमा मोरङका इँटा उद्योग
मोरङ– मोरङको उर्लाबारीमा रहेको बगाले थापा इँटा उद्योगले वार्षिक १५० देखि २०० भारतीय कामदार ल्याउने गरेको छ । सो उद्योगका व्यवस्थापक मोति बुल रहमानका अनुसार स्वदेशमा कामदारको अभावले विदेशबाट ल्याउनुपर्ने बाध्यता रहेको हो । सो इँटा उद्योगमा काम गर्ने राजकुमारी थारुले एक इँटा बनाएबापत ५० पैसा पारिश्रमिक पाउँछिन् ।
उनले दैनिक दुई हजार ५०० देखि तीन हजार इँटा बनाउने गरेकी छिन् । जति इँटा बनाउन सक्यो उति आम्दानी गर्न सकिने र राम्रो फाइदा रहेको उनको भनाइ रहेको छ ।
नेपालमा आएर सात महिनाको कमाइले वर्षभरिलाई खान र बस्न पुग्ने उनीहरुको भनाइ छ । थारुकै जिल्लाबाट आएका देवासी राया, जितेन, श्याम भुलेयालगायत अन्य थुप्रै भारतीयको परिवार विगत पाँच वर्षदेखि यस उद्योगमा निर्भर बनेको छ ।
उनीहरुमध्येका ज्येष्ठ सदस्य ५५ वर्षीय जितेन मुखिया पातरियाको रुपमा काम गरेको दुई दशक भएको छ । यो सात महिने समयावधिमा खर्च कटाएर एक व्यक्तिले करिब रु ६५ हजारसम्म आम्दानी गर्ने गरेको मुखिया बताउँछन् ।
स्वदेशमा काम भएन भन्दै बिलौना गर्ने विदेशी रहेका छन् भने ती विदेशिनेका लागि जितेन, राजकुमारी जस्ता अन्य धेरै भारतीय प्रेरणाको स्रोत भन्न सक्ने स्थानीयवासीको भनाइ छ ।
स्वदेशमा श्रम गर्न लजाउने र विदेशमा सोही काम मन लगाएर गर्नेका लागि यो गतिलो उदाहरण हुनेमा दुईमत छैन । स्वदेशमै रोजगारीको सम्भावना हुँदाहुँदै विदेशिनेले यो कुरामा ध्यान दिनु जरुरी रहेको उर्लाबारीका पारस पौडेलले बताए । उनले भने, “म पनि कुनै बेला विदेशिएको एक नेपाली हुँ, तर आज आफ्नै देशमा आफ्नै काम गरिरहेको छु ।”
कोसी अञ्चलमा ४५ इँटा उद्योग सञ्चालित छन् । ती इँटा उद्योगमा सात हजार भारतीय मजदुर प्रयोग गरिरहेको कोसी इँटा व्यवसायी सङ्घले जनाएको छ । सङ्घले भारतीय कामदार लिन गएको नभई उनीहरु आफैँ आएको दाबी गरेको छ ।
जुट उद्योग धरासायी
मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रमा सञ्चालित ११ जुट उद्योग धरासायी बन्दै गएका छन् । त्योमध्ये चार जुट उद्योग बन्द भइसकेका छन् । अरु केही जुट उद्योग बन्द हुने तरखरमा रहेको जुट उद्योगीले बताएका छन् ।
विराटनगर जुटमिल्स, गुह्वेश्वरी जुटमिल्स, निक्की जुट, सिएम जुट उद्योग बन्द भएको नेपाल जुट मिल्स एसोसियसनका अध्यक्ष राजकुमार गोल्छाले बताए । अध्यक्ष गोल्छाले बिजुली अभाव, सरकारीस्तरबाट सहयोग नहुँदा जुट उद्योग बन्द गर्नुपरेको बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण